जनसम्पर्क समिति अमेरिकाको सभापतिमा आनन्द बिष्ट बिजयी


-पुरुषोत्तम ढकाल,

लस एन्जलस / नेपाली जनसम्पर्क समिति अमेरिकाको दोस्रो अधिबेशनबाट आनन्द बिष्ट (गोरख बहादुर बिष्ट) सभापतिमा बिजयी भएका छन्।

बिष्टले २८१ मत प्राप्त गरी ७३ मतको अन्तरमा बिजय हँसिल गरे भने उनका निकटम प्रतिद्वन्दी नेपाली जनसम्पर्क समिति अमेरिकाका निबर्तमान संयोजक बिष्णु सुबेदीले २०८ मत प्राप्त गरे । बिष्टका अर्का प्रतिद्वन्दी अर्जुन बन्जाडेले १८ मतमै चित्त बुझाउनु पर्यो । प्राप्त परिणाम अनुसार सुबेदी समूहबाट वरिष्ठ उप-सभापतिमा बिजयी धनन्जय नरसिंह केसीले २४६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी बेद खरेलले २३३ मत प्राप्त गरे । महासचिबमा बिजयी मुनिन्द्र नेम्वांगले २५३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी बिनोद भट्टले २३४ मत प्राप्त गरे ।

सुबेदी समूहबाट सचिबमा इश्वर सापकोटा, सदश्यहरुमा प्रमोद सिटौला, पविता परियार र हरिबोल भण्डारी निर्वाचित भएका छन् । अन्य पदहरुमामा आनन्द बिष्ट (गोरख बहादुर बिष्ट) समूहका अधिकांस पदाधिकारी निर्वाचित भएका छन् । आइतबार साँझ सम्पन्न निर्वाचनमा ५१७ महाधिबेशन प्रतिनिधिले मतदान गरेका थिए । कूल महाधिबेशन प्रतिनिधि ९३५ मध्ये करीब ५५ प्रतिशत मत अर्थात् ५१७ मत खसेको थियो । निर्वाचन आइतबार बिहान ११ बजेदेखि आइतबार साँझ ६ बजेसम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । यो निर्वाचनमा समितिका संस्थापक संयोजक आनन्द विष्ट र वर्तमान तयारी समितिका संयोजक विष्णु सुवेदी आ आफ्नो प्यानल सहित निर्वाचनमा होमिएका थिए ।

1957982_10205221230706806_6870371351363649988_n

बिगतमा आन्तरिक विवाद, कलह र अधिबेशन तिथि-मिति घोषणा पछि पनि स्थगनको मारमा पर्दै आएको जनसम्पर्क समिति अमेरिकाको यस पटकको दोस्रो अधिबेशन विवाद रहित तबरले बिधिबत निर्वाचन सहित सम्पन्न भएको छ । समितीको दोस्रो अधिवेशन दक्षिण पूर्वी अमेरिकी राज्य टेक्सासको डालासमा उल्लेखीयरुपमा उपस्थित भएका काँग्रेस समर्थक सुभेच्छुकहरुमाझ काँग्रेस उपसभापति राम चन्द्र पौडेलले उद्घाटन गरेका थिए । शनिबार उद्घाटन, बन्द सत्र र आइतबार बिहान १० बजे बिहान सुरु भएको मतदान साँझ ६ बजे सम्म जारी रहेको थियो भने मत परिणाम अबेर राति घोषण भएको थियो । अधिवेशनमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, जनसम्पर्क समिति समन्वय विभाग प्रमुख एवं केन्द्रीय सदस्य अर्जुन जोशी,केन्द्रीय सदस्यहरु डा. प्रकाशशरण महत, सुरेन्द्र पाण्डे, दीपक गिरी,सभासद एवं नेपाली कांग्रेस तनहुँका सभापति ध्रुव वाग्ले, युवा नेता विश्वप्रकाश शर्मा,वरिष्ठ पत्रकार हरिहर विरही लगायतका नेताहरु सहभागी रहेका थिए ।

जनसम्पर्क समिति अमेरिका उत्तर अमेरिकामा प्रवाशी नेपालीहरुको आबद्धता रहेको सबैभन्दा ठुलो संस्था हो । अधिवेशन शनिबार र आइतबार दुई दिनसम्म चलेको थियो । जन नायक स्वर्गीय विपी कोइरालाको भारत प्रवासको क्रममा सन १९७० मा स्थापना गरेको जनसम्पर्क समिति नेपालीहरुको बसोबास रहेको एशिया, अमेरिका र यूरोपका विभिन्न मुलुकहरुमा शाखा विस्तार भैसकेको छ । माउ पार्टी नेपाली काँग्रेसले जनसम्पर्क समिति अमेरिकालाई एक निर्वाचन क्षेत्र बराबरको हैसियत प्रदान गरेको छ । यस अघि सन २००७ मा कनेटीकेट राज्यको हार्टफोर्डमा जनसम्पर्क समिति अमेरिकाको पहिलो अधिवेशन सम्पन्न भएको थियो । लगत्तै कनेटीकेट अधिवेशनको वैधानिकता माथि प्रश्न उठाउदैं अर्को समुहले न्युयोर्क अधिवेशन गरेपछि जनसम्पर्क समिति अमेरिकाको आन्तरिक विवाद र कलहले तिब्र रुप लिएको थियो ।

जनसम्पर्क समिति अमेरिकाको नव निर्वाचित कार्यसमिति:

सभापति:
आनन्द बिष्ट (गोरख बहादुर बिष्ट)

वरिष्ठ उप-सभापति:
धनन्जय नरसिंह केसी

उप-सभापति:
चेतप्रसाद पौडेल
भगवान् प्रसाद मैनाली
धर्मराज श्रेष्ठ

महासचिव:
मुनिन्द्र नेम्वांग

सचिव:
ईश्वर सापकोटा
भोजराज थोकर

कोषाध्यक्ष:
विजय थुलुङ्ग

बिजयी सदस्यहरू:
प्रमोद सिटौला
माया कडायत पौडेल
रबिन बस्नेत
अमृत भट्टराई
गोकुल ढकाल
ज्ञानेन्द्र कार्की
गोपाल बिश्वकर्मा
हरि शर्मा
हरिबोल भण्डारी
केशब बराल
किलन्चन्द्र राई
लोक ब लामा
मान्ती कु शाह
ओम भटराई
पबिता परियार
पिताम्बर भुषाल
सन्तोष पहारी
सुभेन्द्र रानाभाट
सुबास लामा
सुन्दर कु गुरुगं

को हुन् अानन्द विष्ट ?

1463753_10200337698802649_211750918653100261_n
जनसम्पर्क समितिका पूर्व अध्यक्षको जिम्मेवारी लिइसकेका विष्ट नेपालको विद्यार्थी राजनितिसँगै १९९८ मा अमेरिका आएका थिए । उनले दुई वर्षको बसाईपछि सन् २००२ मा स्थापना गरेको नेपालिज डेमोक्रेटिभ युथ फोरमको नेतृत्व गरेका थिए । त्यतिखेर उनले सबै विचारका व्यक्तिहरुको सहयोगमा अमेरिकामा विभिन्न खाले विरोध कार्यक्रमहरु गर्न सफल भएका थिए ।

नेपाली कंग्रेसको प्रवासी भातृ संस्थाको रुपमा स्थापित काउन्सिलमार्फत त्यतिखेर नेपालको दोस्रो जन आन्दोलनका सहयोगमा र शाही शासनको विरुद्धमा संयुक्त राष्ट्रसंघको मुख्यालय, नेपाली दुताबास र वासिङटन डिसिस्थित ह्वाइटहाउसमा पटक पटक ¥यालीको नेतृत्व र धर्ना दिनका साथै ज्ञापन दिने काममा नेतृत्वदायी भूमिका निभाएका थिए ।

विभिन्न चरणको त्यही आन्दोलनले मुलुकको प्रजातन्त्र, लोकतन्त्रको आन्दोलनमा पुगेको योगदानसँगै कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले विष्टलाई सन २००४ मा नेपाली जनसम्पर्क समितिको संयोजकको भूमिका दिएका थिए ।

त्यतिखेरको परिस्थितिमा विदेशमा राजनीतिक दलप्रति हेर्ने दृष्टिकोण अति नै कठिन भएपनि पार्टीलाई माथि उठाउन उनले अमेरिकाको विभिन्न स्थानमा जनसम्पर्क समितिको च्याप्टरहरु बनाउन सफल भएका थिए ।

त्यही कार्यले उनलाई तत्कालीन पाटी सभापतिको विशेष सुझावमा अमेरिकामा जनसम्पर्क समितिको संयोजकको जिम्मेवारी पाएका थिए ।