नेकपा-माओवादी संस्थापन र सचिव चन्द पक्षको छुट्टाछुट्टै कार्यक्रम


काठमाडौँ,/- नेकपा–माओवादीको संस्थापन पक्ष र पार्टीका सचिव नेत्रविक्रम चन्द पक्षले राजधानीमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरे ।

संस्थापन पक्षले गत वर्ष मङ्सिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन भएको दिनको विरोधमा  विरोध प्रदर्शनको आयोजना गरेको थियो ।

अर्कोतर्फ सचिव चन्द पक्षले सुकेधाराको एक पार्टी प्यालेसमा आफ्नो पक्षका काठमाडौँ जिल्लाका कार्यकर्ताको भेला गरी प्रशिक्षण दिएको छ ।

विरोध प्रदर्शनको क्रममा संस्थापन पक्षले भने शान्तिवाटीकादेखि नारा, जुलुससहित माओवादी कार्यकर्ता वसन्तपुरमा पुगी कोणसभाको आयोजना गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै महासचिव रामबहादुर थापाले वर्तमान संविधानसभाले जनताको पक्षमा संविधान लेख्ने सम्भावना नभएको भन्दै सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान लेख्नुपर्ने माग गर्नुभयो । रासस