पोखराका योजनाकार पाठक र क्षेत्री सम्मानीत


 

सागर राज तिमिल्सिना
पोखरा/पोखराको पूर्वाधार विकासमा महत्वपुर्ण योगदान दिएको भन्दै पोखरा दुई जना सम्मानीत भएका छन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा सम्मान गरिएको हो । सम्मानीत हुनेमा पूर्व अंचलाधीश शंकरराज पाठक र योजनाकार पद्म वहादुर क्षेत्री रहेका छन् । उनिहरुलाई अर्थमन्त्री डाक्टर रामशरण महतले सम्मानपत्र र दोसल्लाले सम्मान गर्नु भयो ।

विसं २०२९ सालमा तत्कालीन गण्डकी अंचलाधीश हुंदा पाठकले अन्तर्राष्ट्रिय विमानस्थलको लागि जग्गा खरीद, पोखरामा बस पार्क निमार्णका लागी दुई ठाउँ जग्गा खरिद, न्यूरोड, लेखनाथमा वेगनासताल, पृथ्वीचोक हल्लानचोकको वाटो खुलाउने, बसुन्धरा पार्क, कोमागाने पार्क जग्गा संरक्षण र विभिन्न उद्योगहरु स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यस्तै योजनाकार क्षेत्रीले पाठक कै पालामा पोखराको शहरी विकासको योजनको खाका कोरेका थिए । सम्मानपछि पाठकले देशविकासका लागी पहिलो नम्बरमा यातायात, उर्जा, शिक्षा, सुरक्षा र लगनसीलता आवश्यक पर्ने बताउदै आफुले त्यसै अनुरुप काम गरेको बताएका थिए ।