केन्द्रको निर्देशन भन्दै प्रबासी नेपाली मन्चको अधिबेशन फेरि सर्यो, उद्घाटनको लागि अध्यक्ष केपी ओली स्पेन आउने


बसन्त रानाभाट

बार्सिलोना

नेकपा एमालेको निर्देशनमा नै प्रबासी नेपाली मन्च स्पेनको डिसेम्बर ७ तारिकमा हुने भनेको तेस्रो अधिबेशन पछि सार्दै जनवरी ४ मा धकेलिएको छ। अधिबेशन तोकिएको समयमा नै पार्टीको केन्द्रिय कमिटिको बैठक परेकाले नेताहरुले सहभागिता जनाउन नसक्ने भन्दै अधिबेशन सारिएको हो।

अब हामी अधिबेशन अग्रेजी नयाँ बर्ष सँगै तोकिएको मितिमा नै गर्छौ मन्चका अध्यक्ष मुक्त बहादुर गुरुङले भने,”अधिबेशेनलाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी ओली नै आउदै हुनुहुन्छ उहाकै निर्देशनमा हामीले पछि सारेका हौ। अधिबेशन मूल आयोजक समितिका संयोजक समेत रहेका गुरुङले अब भने कुनै पनि जनवरी ४ मा नै अधिबेशन सम्पन्न गर्ने दाबी समेत गरे। मन्चले अक्टोबर दोस्रो साता अधिबेशन गर्ने निर्णय गरे पनि फेरि डिसेम्बर ७ भन्दै यस अघि पनि मिति सार्दै आएको थियो।

मन्चको बसेको बैठकले केदार नाथ ढुङ्गानाको संयोजकत्वमा ३ सदस्यीय निर्बाचन समिति पनि गठन गरेको छ। पुष्प केसी र सिमा गुरुङ समितिका सदस्यहरु रहेका छन्। यस्तै अध्यक्ष गुरुङ कै संयोजकत्वमा,संरक्षक पुष्प राज तिमिल्सिना,ओमर गुरुङ, हेम शेर्पा र पुष्प केसी,रहने गरि समन्वय समिति समेत गठन गरिएको छ।

अधिबेशन सफल बनाउनको लागि अन्य बिभिन्न उप समितिहरु गठन गरिएको महासचिब दिनेश गुरुङले जानकारी दिए। उपसमितिहरुमा सास्कृतिक कार्यक्रम र मंच ब्यबस्थापनको लागि ओमर बहादुर गुरुङ,अतिथि सत्कारमा हेम शेर्मा,खाना ब्यबस्थापनको लागि हेमन्त रानाभाट,आर्थिक समितिमा दिनेश गुरुङ,प्रचारप्रसारको लागि लक्ष्मण शर्मा र स्वयंसेवक परिचालनका लागि दिपक भट्टराई रहने गरि संयोजकहरु तोकिएको छ।