एईका(EICA) र एनआरएनए स्पेनको सहकार्यमा बार्सिलोनामा हुन लागेको कार्यक्रम बारे अत्यन्त जरुरी सुचना


logo-2

एईका ( EICA: Espai d’inclusió i formació Casc Antic) र एनआरएनए स्पेनको सहकार्यमा स्पेनिस तथा नेपाली समुदायलाई लक्षित गरी आयोजना गर्न लागिएको  कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिन हार्दिक अनुरोध गरिन्छ। नेपाली भाषा,सस्कृति,प्राकृतिक सम्पदा ,संगीत,नेपाली परिकारहरु लगायत नेपाली रहनसहनको बारेमा जानकारी गराई,” नेपाली पनलाई स्पेनिस मनमा” पुग्ने गरी ३ दिन सम्म आयोजना हुने कार्यक्रमको बिबरण यस प्रकार छ।

 

क) पहिलो दिन ( नोभेम्बर १९ तारिक)
१) संसारको सबै भन्दा ठुलो हिमालय सगरमाथा बारे जानकारी मुलक डकुमेन्ट्री देखाउने,जसमा अहिले सम्म सगरमाथामा किर्तिमान भएका केहि रेकर्डहरु जानकारी,हिमाल चढ्दाको अनुभव,अपनाउनु पर्ने साबधानी लगायत पयर्टकलाई हिमाल चढ्न प्रेरित गर्ने किसिमका समाग्रीहरु समाबेश गरिएको छ।

२) एनआरएनए स्पेनका अध्यक्ष एक राज गिरी र बार्सिलोना स्थित नेपाली कन्सुलर लुईस बेल्भिसले नेपालको बारेमा जानकारी दिने।
समय:- साँझ ५.३० देखि ७.३० सम्म

ख) दोस्रो दिन ( नोभेम्बर २० तारिक)

१) नेपाली परिकार मम बनाउन सिकाउने जसमा शितल भुर्तेल भुसाल,नारायणी तिमिल्सिना,सुजिता श्रेष्ठ र गोमा गौतमले परिकारको बारेमा जानकारी गराउने छन्।

२) चलचित्र “हिमालय” प्रर्दशन  गरी नेपालका मनोरम दृश्यहरु देखाईने।
समय- साँझ ५.३० देखि ७.३० सम्म
ग) तेस्रो दिन (नोभेम्बर २१ तारिक)
१) अन्तरास्ट्रिय कलाकार मन्च स्पेनको तर्फबाट नुरिया अवाले, सोनिया खत्री,करुणा लामिछाने र चन्द्रकाली कार्कीले नेपाली कला सस्कृति झल्कने नृत्य प्रस्तुत गर्ने।
२) कलाकार अजय लोप्चनले नेपाली नृत्यको बारेमा जानकारी गराउदै सामुहिक रुपमा नृत्य सिकाउदै स्पेनिसहरुलाई पनि सँगै नचाउने।
३) कलाकार बिनोद कटुवालले मुर्चुङ्गाको बारेमा जानकारी गराउदै नेपाली बासुरी/मुरलीको धुन सुनाउने।
कार्यक्रममा सहभागी हुनको लागि
स्थान- Carrer de Sant Pere Més Baix,70, 08003 Barcelona, España

प्रबेश:- निशुल्क

थप जानकारीको लागि
एनआरएनए स्पेन

10807997_884844931534640_1634042891_n

 

सम्पर्कका लागि
सन्तोष श्रेष्ठ – ६३२१९२०८०
शितल भुर्तेल भुसाल -६००६६९८१४

तपाईको प्रतिक्रिया