तमु समाज स्पेनको तेस्रो अधिबेशनको तयारी,आठौ पटक ल्होछार बिशेष कार्यक्रम गरिदै


बसन्त रानाभाट
बार्सिलोना
तमु जातिको मौलिक भाषा,भेषभुषा र सस्कृतिलाई जगेर्ना गर्ने भन्दै स्थापना भएको तमु समाज स्पेनले तेस्रो अधिबेशन गर्ने भएको छ।
सन् २००७ मा स्थापना भएको समाजले डिसेम्बर २८ तारिक बार्सिलोनामा अधिवेशनका साथै तमु जातिको महान पर्व तमु ल्होछार पनि मनाउन लागेको हो । अधिबेशनबाट आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नको लागि पहल गर्न समाजले निबर्तमान अध्यक्ष ओमर गुरुङलाई समन्वय समितिको संयोजक तोकिएको छ।
अहिले सम्म सर्वसहमतबाट नै चयन हुदै आएको छ यस पालि पनि हामी सहमति बाट नै गर्छौ संयोजक गुरुङले भने ” समाजको हितमा नै लागि पर्ने नेतृत्व आउछ हामीले समाजको हितमा गर्दै आएका कामहरुलाई नै निरन्तरता दिनेछ”। सन् २००७ अगस्ट २० मा बसेको पहिलो बैठकले कार्यसमिति गठन गरि, पुन अगस्ट २७ मा बैठक बस्दै बेन बहादुर गुरुङको अध्यक्षतामा गठित समितिलाई तदर्थ समितिको रुपमा अनुमोदन गरेको थियो। यसै गरि समाजको सन् २००९ जनवरी ११ तारिकको पहिलो अधिबेशन र सन् २०१२ डिसेम्बर ३० तारिकमा सम्पन्न दोस्रो अधिबेशनबाट क्रमश : ओमर गुरुङ र ज्योती गुरुङ अध्यक्षमा निर्बाचित भएका थिए।
तमुहरुका बिभिन्न सस्थाहरु तमुधि नेपाल,तमु बौद्द सेवा समिति,तमु पेलु संघ आदिको नामले देश तथा बिदेशमा बिस्तार भई रहेको परिपेक्षमा तमु समाज स्पेन भने कतै पनि आबद्द छैन।

1485919_10153617491070567_1976665015_o

तर समाजले बेलायत,बेल्जियम,नेदरल्याण्ड,जर्मनी,फ्रान्स,अस्ट्रिया,पोर्चुगल,स्विजरल्याण्ड लगायतका मुलुकहरुमा तुमुहरुका संघसस्थाहरु स्थापना भईसकेकोले सबैलाई मिलाएर “तमु समाज युरोप” गठन गर्ने पहल भईरहेको जनाएको छ। सन् २००७ मा स्पेनमा दर्ता गरी सामाजिक कार्य गर्दै आएको समाजले,बाढी पहिरो पिडितलाई लगायत आपत बिपतको घडीमा स्पेन स्थित नेपाली समुदायमा आर्थिक सहयोग गर्दै आएको छ,भने एनआरएनए स्पेनको अक्षय कोषमा पनि रकम संकलन गरि सघाएको थियो।

यसैबीच समाजले तमु ल्होछारको उपलक्ष्यमा आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रम सम्पन्न गर्न अध्यक्ष ज्योती गुरुङको संयोजकत्वमा समिति गठन गरेको छ। हरेक बर्ष ल्होछारको उपलक्ष्यमा कार्यक्रम राख्दै आएको समाजले यस बर्ष गरि यो आठौ पटक हो। कार्यक्रममा तमु गीतहरु,कौडा नृत्य,सालैजु नृत्य,भोजपुरी गित लगायतका नेपाली सस्कृति झल्काउने प्रस्तुती राखिने महासचिब बेलकाजी गुरुङले नेपालीनेपाली डटकमलाई बताए। कार्यक्रममा गुरुङ भेषभुषा भाङ्ग्रा,कछाड,गुनियो चोली साडीमा सजिएर तमुहरुले उपस्थिति जनाउने भएका छन्।

1557374_10153617490755567_116249996_o

ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदासमेत दिने गरेको छ ।

तस्बिर :- सुबास बहादुर बिष्ट (गत बर्षको कार्यक्रमबाट)

1496417_10153617511465567_1023061789_o