पश्चिमाञ्चलमा तीन महिना भित्र १४ जनाको हत्या- इन्सेक


पोखरा/

पश्चिमाञ्चल क्षेत्रमा तीन महिनामा १४ जनाको हत्या भएको इन्सेकले सार्वजनीक गरेको तथ्याङ्कमा उत्लेख गरेको छ । आइतबार पोखरामा जुलाईदेखि सेप्टेम्वर २०१४ को तीन महिनामा राज्यपक्षबाट एक जना पुरुष र गैरराज्यपक्षबाट १३ जनाको हत्या भएकोमा महिलाको सङ्ख्या आठ रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा जुलाईदेखि सेप्टेम्वरको अवधिमा १ सय ५५ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएकोमा १ सय २९ जना महिला पीडित भएको उल्लेख छ ।

महिलासँगै ४३ जना बालबालिका यौनजन्य दुव्र्यवहारबाट पीडित बन्न पुगेको प्रतिवेदनमा जनाइएको छ । गत अप्रिल–जुन, २०१४ को त्रैमासिकमा पश्चिमाञ्चलमा ११ जनाको हत्या भएकोमा महिलाको सात थियो । उक्त अवधीमा तीन महिनामा १ सय ५९ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको इन्सेकले जनाएको छ ।

समाजमा बालबालिका तथा महिला माथि हुने हिंसाका घटना र त्यसको स्वरुप दिनप्रतिदिन फेरिँदै तथा घरपरिवार, आफन्त तथा चिनजानका व्यक्तिबाट महिला तथा बालिकाको हत्या, बलात्कार, बलात्कार प्रयास, यौनदुव्र्यवहार जस्ता घटना बढी भएको अभिलेखिकरणबाट देखिएको छ ।

हिंसामा परेका महिला तथा बालबालिकालाई राज्यका निकायबाट सहजरूपमा न्याय र सुरक्षाको प्रत्याभूति दिलाई मुलुकमा बढ्दै गएको दण्डहीनताको सँस्कृतिलाई अन्त्य गर्नका लागि सरोकारवाला निकायले विशेष ध्यान दिनु पर्नेमा इन्सेकले जोड दिएको छ । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले मानवअधिकार सम्बन्धी अभियानलाई घरपरिवारदेखि नागरिक स्रत सम्म पु¥याई स्थानीयकरण गरिनुपर्नेमा जोड दिए ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयद्वारा पोखरामा आयोजना गरेको मानवअधिकारको अवस्था र सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम प्रशासक थपलियाले राज्य मानवअधिकारप्रति संवेदनशील र उत्तरदायी भएको बताए ।