मौलिकता जोगाउन गाउँको घडेरी किनबेचमा रोक


गोरखाबजार/गोरखाको पर्यटकीय गाउँ बारपाकका स्थानीयले गाउँको मौलिकता जोगाउनका लागि गाउँको घडेरी बिक्री नगर्ने निर्णय गरेका छन् । अव्यवस्थित रूपमा घर बनाउने क्रम बढ्दै गएको र पर्यटकीय गाउँ कुरूप हुने सम्भावना देखिएको भन्दै गाउँलेले घडेरी किनबेचमा रोक लगाएका हुन् ।
गाउँको ‘भर्जिनिटी’ जोगाएर विदेशी तथा आन्तरिक पर्यटकलाई गाउँमा आकर्षण गर्न घडेरी किनबेच रोक्ने निर्णय गरिएको स्थानीय बासिन्दा जीतबहादुर घलेले जानकारी दिनुभयो ।
“यहाँको मौलिक संस्कृति, भाषा, भेषभूषा, परम्परा हराउँदै गएको जस्तो गाउँलेलाई लाग्यो” घलेले भन्नुभयो, “अन्य भाषा, संस्कृति मान्दै आएकाहरूले गाउँमा घडेरी किने, घर बनाए । हाम्रो संस्कार लोप हुने अवस्था देखेपछि घडेरी किनबेच बन्द गर्ने निर्णय गरेका हौँ ।”