सडक दुर्घटनामा मलेसियामा एक नेपालीको मृत्यु


-रामचन्द्र नेपाल

मलेसिया / वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीको सडक दुर्घटनामा परि मृत्यु भएको छ । एकसाता अघि सडक दुर्घटनामा परी घाईते भएका खोटाङ पौवासेरा गाविस- ७ वाईमाका वियोग राईको शनिवार साँझ उपचारकै क्रममा केलाङ अस्पतालमा मृत्यु भएको हो ।
गएको शनिवार दुई वजेतिर साथीलाई भेटेर साईकलमा होस्टल तर्फ आईरहेका उनको वान्तिङ नजिकैको सडकमा विपरीत दिशावाट आएको कारले ठक्कर दिएको थियो ।
घाइते राईलाई नेपालीहरुकै सहयोगमा तत्काल केलाङ अस्पतालमा पुरयाइएको थियो । केलाङ अस्पतालमा भर्ना गरिएका उनको शनिवार साझ मृत्यु भएको हो । फलाम सम्वन्धि काम हुने कम्पनीमा कार्यरत राई सात महिनाअघि रोजगारीका लागि मलेसिया आएका थिए ।