सहमति जुटाउन भट्टराईको राजनीतिक परामर्श तीव्र


 

काठमाडौँ/संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमति जुटाउन राजीितिक भेट बार्तालार्इ तिब्रता दिनुभएको छ।

आज साँझ प्रधानमन्त्री सुशील कोइराला र सभापति भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । सहमति निर्माणका लागि परामर्शस्वरुप प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालास“ग भेटवार्ता गर्नुभएको सभापति डा भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले जानकारी दिनुभयो।

सभापति भट्टराईले मङ्सिर १ गते बस्ने संवाद समितिको बैठकअघि नै सहमतिमा नपुगे देश गम्भीर द्वन्द्वमा फस्ने आफूले देखेको बताउदै त्यसलाई रोक्न सबै गम्भीर हुनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

सभापति डा भट्टराईको आग्रहलाई सकारात्मक रुपमा लिँदै प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति कोइरालाले सहमतिमा नै विवादित विषयलाई टुङ्गोमा पु¥याउन प्रमुख दल केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको थियो । भेटवार्तामा एकीकृत नेकपा(माओवादी) उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो।

बाह्रबुदे समझदारीयताका सहयात्रीबीच संविधानका मुख्य अन्तरवस्तु, राज्यको पुनःसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति हुनै पर्नेमा सभापति भट्टराईले पुनः जोड दिनुभएको थियो । सभापति भट्टराईले प्रमुख दलहरुका बीचमा संविधानका अन्तरबस्तुमा सहमति हुनैपर्ने, कथम्कदाचित अन्तरवस्तुमा सहमति नभए पनि कमसेकम प्रक्रियामा भए पनि सहमति जुट्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री कोइरालास“ग सहमति निर्माणमा भूमिका खेल्न पनि आग्रह गर्नुभयो।

सभापति भट्टराईले सहमति निर्माणको पहलस्वरुप आजै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापास“ग पनि उहा“कै निवास मालिगाउ“मा भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा उहाँले थापालाई सहमति निर्माणमा विशेष भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो।

सभापति डा भट्टराईको आग्रहलाई पूर्व प्रधानमन्त्री थापाले यसपटक संविधान निर्माण प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सबै राजनीतिक दलले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको राप्रपाका सहप्रवक्ता किरण गिरिले जानकारी दिनुभयो।

नेकपा(एमाले) अध्यक्ष केपी ओलीसग पनि भेटवार्ता गर्नुभएका डा भट्टराईले नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवास“ग पनि टेलिफोनमा कुराकानी गर्नुभएको थियो। आइतबार सहमति निर्माणका लागि द्विपक्षीय, त्रिपक्षीय विभिन्न चरणमा छलफल गर्ने र संवाद समितिको बैठक सुरु हुनुअघिसम्म पनि प्रमुख पक्षहरुका बीचमा सहमति निर्माणका लागि प्रयत्न जारी राख्ने सभापति डा भट्टराईले बताउँदै आउनुभएको छ। रासस