यूएईमा नयाँ बर्षको अवसर पारेर रक्तिम साँझ


– मनु क्षेत्री
नेपाली एकता समाज यू.ए.ई ले नयाँ वर्ष को अवसर पारेर रक्तिम साँझको आयोजना गर्ने भएको छ ।
नेपाली एकता समाज यू.ए.ई ले नयाँ वर्ष २०१५ को अवसर पारेर आउदो जनवरी २३ को दिन जनाबादी सांस्कृतिक कार्यक्रम रक्तिम साँझको आयोजना गर्ने जानकारी दिएको छ।
नेपाली एकता समाज यू.ए.ई का केंद्रीय सदस्य तथा प्रचार प्रसार तथा सूचना बिभाग प्रमुख शिबलाल जैसीले नेपाली नेपाली डटकमलाई दिएको जानकारी अनुसार प्रबासमा रहेका मजदुर बर्ग हरुलाई समेटी गीत संगीत मार्फ़त उनीहरूका हक़ अधिकार को बारेमा शुसूचित गर्ने हेतुले यो सांस्कृतिक कार्यक्रम रक्तिम साझको आयोजना गरिएको हो।
जनाबादी गीतको माध्यमबाट मजदुर बर्गमा चेतना भर्दै संपूर्ण मजदुरहरुलाई एकताबद्ध पर्ने यस कार्यक्रमको लक्ष्य रहेको समेत उहाले जानकारी गराउनु भयो। कार्यक्रममा रक्तिम परिवारका चर्चित कलारहरुको जनाबादी संगीतको बेजोड़ प्रस्तुति रहने छ उक्त कार्यक्रम दुबईको होटल इम्पीरियल सुइट मा २३ जनवरी २०१५ को दिन दिउँसोको १ बजे सुरु हुने र कार्यक्रममा गीत संगीतका साथमा भाग्यशाली चिठ्ठाको समेत राखिएको जानकारी दिनु भयो। जैसिका अनुसार प्रथम उपहार १ तोला सुन, द्वितीय उपहार सामसुंग ल्यापटप, तृतीय उपहार ३२” इन्च सामसुंग एलईडी टिभी साथै चौथो उपहार सामसुंग मोबाइल २ जनालाइ रहने र चिठ्ठाको लागि कार्यक्रममा प्रबेश गर्न लिएको टिकट नै राखिने र त्यसबाट नै बिजेता चुनीने छ।