माओबादीको केन्द्रीय समिति बैठक विप्लव पक्षले बहिस्कार


काठमाडौं / नेकपा-माओवदादीको केन्द्रीय समिति बैठक सचिव नेत्र विक्रम चन्द विप्लव पक्षले बहिस्कार गरेको छ ।
पार्टी कार्यालय बुद्धनगरमा शनिबार दिउँसो सुरु भएको बैठकमा विप्लव पक्षका नेताहरु सहभागी छैनन् । ‘हामी आजको बैठक सहभागी छैनौं’ एक नेताले भने ।
कपिलवस्तु शिवनगरमा छुट्टै भेला गरेको विप्लवले बुटबलमा पत्रकार सम्मेलन गरेर सर्वहारा वर्गको राज्य सत्ता स्थापनाका लागि हतियार उठाउने चेतावनी दिएका छन् ।
विप्लवले छुट्टै भेला बेलाएपछि अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापा बादलले भेला रोक्न आग्रह गर्दै २९ गते केन्द्रीय समिति र मंसिर ६ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका थिए ।
तर, विप्लवले भेला रोकेनन् । साथै ६ गते बोलाइएको विस्तारित बैठक पारेमा भने सहभागी हुने नेताहरु बताउँछन् ।
तत्काल पार्टी नफुटाउने तर, आफ्नो ढंगले अघि बढ्ने विप्लव पक्षको रणनीति छ ।-onlinekhabar