१६ औं संस्करणको सडक महोत्सव पोखरामा पुष दोस्रो साता हुने


पोखरा/

पोखरामा १६ औं संस्करणको सडक महोत्सव विगतका वर्षहरुमा जस्तै पुष दोस्रो साता हुने भएको छ । पुषको १३ देखि १७ गते सम्म हुने सडक महोत्सवको आयोजक रेवान पोखराले विहिबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

महोत्सव सम्पन्न गर्न रेवान पोखराका उपाध्यक्ष चौ बहादुर गुरुङ्गको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरेको रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । सडक मै खाऊ सडकै रमाऊ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमो तयारी शुरु भएको उनले जानकारी दिए । महोत्सवमा साँस्कृतीक कार्यक्रमतर्फ विभिन्न संघसंस्थाको झाँकि प्रदर्शन तथा प्रतियोगिता, जातजातिको साँस्कृतीक प्रदर्शन रहने छ भने खेलकुद तर्फ रेष्टुरेष्ट स्टाफहरुविच प्रतिस्प्रधात्मक कार्यक्रम, साहसिक एवं मनोरन्जनात्मक बृत्तचित्र एवं फोटो प्रदर्शनी हुने छ ।

बाल उद्यान, ख्याति प्राप्त कलाकारहरुको दोहोरी गित, हाँस्यव्यँग्य, नृत्य, लाइभ ब्याण्ड लगाएत रहने छ । लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुँदै आएको महोत्सव यसपटक अझै फराकिलो हुन सक्ने पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले जानकारी दिए ।