डिआइजी रक्सीले माते पछि बाग्लुङ्गमा हङ्गामा


बाग्लुङ्ग/

राष्ट्रिय सतर्कता केन्द्रका डिआइजी रक्सीले माते पछि बाग्लुङ्गमा हङ्गामा भएको छ । शुक्रबार बाग्लुङ्गमा हुने प्रशिक्षणका लागी म्याग्दी हुदै बाग्लुङ्ग पुगेका राष्ट्रिय सतर्कता केन्द्रका डिआइजी रोशनाथ पन्त रक्सीले माते पछि हङ्गामा भएको हो । म्याग्दीको तातोपानी पुगेर रक्सी खाएका डिआइजीले म्याग्दीका सरकारी कार्यालयमा मनपरि गरे पछि कर्मचारीले नै गृहमन्त्रालयमा खबर गरेका थिए ।

म्याग्दी मै डिआइजीलाई समात्न आदेश आए पनि प्रहरी प्रशासनले उनलाई समातेको थिएन । बाग्लुङ्ग पुगे पछि सिडियोले सामात्न भेन पछि उनलाई कहिबेर नियन्त्रणमा लिएर छाडेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई बाग्लुङ्गको धौलागीरि अञ्चल अस्पतालमा मापसे चेकजाच गरेर छाडिएको प्रहरीले जानकारी दिएको छ ।

बाग्लुङ्गका सिडियो र डिएपी यसबारेमा मुख खेल्न चाहेका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले शुक्रबार बाग्लुङ्गमा गर्न लागेको कार्यक्रम स्थगीत गरेको छ । सन्चारकर्मि र अन्यका लागी एक दिने कार्यक्रमको आयोजना गरेको भए पनि साझँ कार्यक्रम स्थगीत गरेको भन्दै फोनआएको एक पत्रकारले जानकारी दिए ।