नायिका सुस्मिता सेन काठमाडौंमा


बलिउड सुन्दरी सुस्मिता सेन काठमाडौंमा

काठमाडौं /बलिउड सफल सुन्दरी सुस्मिता सेन शुक्रबार नेपाल आएकी छन् । टाइमलेस प्यारागन ज्वेलरी फेशन शो’मा सहभागी हुन सुस्मिता नेपाल आएकी हुन् ।
ज्वेलरी फेशन शो नोभेम्बर १४ र १५ मा काठमाण्डौको ‘याक एन्ड यती होटल’मा हुनेछ । उनी सो स्टपर रहनेछिन् । उनलाई भारतका चर्चित मोडलहरुले साथ दिने बताइएको छ ।

फेशन शोमा नेपालबाट पूर्व मिस नेपालहरु माल्भिका सुब्बा, श्रृष्टी श्रेष्ठको साथमा मोडल आस्था पोख्रेल, अस्मि श्रेष्ठ लगायतले र्‍याम्प नाप्नेछन् ।

केही दिन अघि मात्र नायिका रविना टण्डनले नेपाली गहनामा आफूलाई प्रस्तुत गरेर फर्किसकेकी छिन् ।
उसो त नायक अक्षय कुमार, आमिर खान, नायिका सन्नी लियोनी लगायतका बलिउड स्टार नेपाल आइसकेका छन् ।