आफ्नै मात्र कुरा गर्ने हो भने संवाद समितिको सभापति पनि फेरेर आफ्नै राख्नुहोस्-प्रचण्ड


काठमाडौं,/ एमाओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र नेकपा–एमालेले गर्दा देश पुनः द्वन्द्वतिर फर्कने खतरा बढेको बताएका छन् ।
संवाद समितिको शुक्रबार बसेको बैठकबाट बाहिरँदै प्रचण्डले भने, ‘वहाँहरुले आफ्नै मात्र कुरा गर्ने, पेलेरै जाने हो भने देश पुनः द्वन्द्वमा जाने खतरा बढेर गएको छ ।’
सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले तीन दलको बैठकमा अझै ५ दिन छलफल गर्न प्रस्ताव राखेको र त्यसलाई सत्तारुढ दलले अस्विकार गरेको बताए ।
आफ्नो प्रस्ताव नमानेर केवल प्रस्ताव अघि मात्र बढाउने कुरा गरेपछि जवाफमा प्रचण्डले यदी यसरी नै पल्ने हो भने देश फेरि द्वन्द्वमा जाने बताएका थिए । ‘पेलेर नै जाने हो भने संवाद समितिको सभापति पनि फेरेर आफ्नै बनाए भो । समिति पनि आफ्नै बनाए भयो । तर, यस्तो संविधान दिगो हुँदैन ।’
यता, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने प्रचण्ड संविधान निर्माणमा गम्भिर नभएको आरोप लगाउँदै बाहिरिएका छन् ।