विश्वकप २०१५ – भारत र पाकिस्तानबीच खेलको टिकट बिक्री शुरु भएको १२ मिनेटमा सकियो


काठमाडौं/ सन् २०१५ को विश्वकपमा हुने भारत र पाकिस्तानबीचको खेलको टिकट विक्री शुरु गरिएको १२ मिनेटभित्र सकिएको छ ।
भारत र पाकिस्तानबीचको खेल सँधै रोमाञ्चक हुने गरेको छ । दक्षिण अस्ट्रेलियाका उप प्रमुख जोन राउका अनुसार ५० हजार भन्दा बढी दर्शकहरु अटाउन सक्ने उक्त मैदानमा हुने खेलको सामान्य टिकट विक्री शुरु गरिएको १२ मिनेट भित्र सबै विक्रि भएको थियो । यद्यपि केही होलिडे र व्यावसायिक टिकट भने अझै बाँकी रहेका छन् ।
दक्षिण अस्ट्रेलियाको स्थानीय अधिकारीहरुले फेब्रुवरी १५ का दिन करिब २० हजार भारतीय आगन्तुक दर्शकहरुलाई स्वागत गर्ने अनुमान गरिएको छ । सन् २०१५ को विश्वकपमा भारत र पाकिस्तानबीचको खेल हेर्न पुनः निर्माण गरिएको एडिलेड ओभल मैदान भरिभराउ हुने भएको छ ।
एकै समूहमा रहेका भारत र पाकिस्तानबीचको खेल विश्वकपको दोस्रो दिन हुनेछ ।
भारतले अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग कुनै पनि खेल हारेको छैन ।