थारु सभासदको काठमाडौमा गोप्य भेला


काठमाडौ/

 विभिन्न राजनीतिक दलका थारु सभासदहरुको राजधानीको गोप्य ठाउँमा बसेको भेलाले साझा अवधारणा बनाउन एउटा कार्यदल बनाएको छ । थरुहट तराई पार्टी नेपालका सभासद गोपाल दहितले कार्यदल बनाएको बारेमा अहिले नैे केही पनि भन्न नमिल्ने भन्दै ठोस अवधारणाका लागि केही दिन पर्खन अनुरोध गरेका छन् ।

मधेसी जनाधिकार फोरम नेपालका नेता विजय कुमार गच्छेदार, एमालेका नेता वैजनाथ चौधरी सहितका सभासदहरुको भेलाले साझा अवधारणा बनाएको गोप्य स्रोतले बताएको छ ।

कार्यदलमा थरुहट तराई पार्टी नेपालका सभासद गोपाल दहित, मधेसी जनाधिकार फोरम नेपालका सभासद विजय कुमार गच्छेदार, एमालेका सभासद वैजनाथ चौधरी, एमाओवादीका सन्तबहादुर थारु, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, कांग्रेसका तेजुलाल चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी नेतृ रुक्मिणी चौधरी रहेको स्रोतले बताएको छ ।

भेलामा कांग्रेसका सभासद तेजुलाल चौधरीेले आफ्नो पार्टीको तराई विरोधी कुनै पनि प्रस्ताव असफल पार्न आफू पार्टी समेत त्याग्न पछि नपर्ने बताएका छन् ।

संघीयताका बारेमा साझा अवधारणा बनाउन,कांग्रेस र एमालले ल्याएको साझा अवधारणालाई अल्पमतमा पार्ने र पहिचान सहितको सघीयता सुनिश्चित गर्न यसरी थारु सभासदहरुको गोप्य भेला गरिएको स्रोतले बताएको छ ।