नेपाली शरणार्थी बन्नुपर्ने माग राख्दै एक भारतीय नागरिक १३ महिना देखी धर्नामा


 

काठमाण्डौ /

नेपाली शरणार्थी बन्नुपर्ने माग राख्दै एक भारतीय नागरिकले गएको १३ महिनादेखी धर्ना दिँदै आएका छन् । 
भारतको सरकारी कम्पनीमा जागिर पाउन १५ बर्षसम्म संघर्ष गरेर बिस्थापित भएको बताउने भारत असाम राज्यको डिब्रुगढका ३९ बर्षीय हेमादर सेनापतिले गएको १३ महिनादेखि नेपाली शरणार्थी बन्नुपर्ने माग राख्दै धर्ना दिँदै आएका हुन् ।

केहि समयअघि रत्नपार्कस्थित शान्तीवाटिकामा धर्नामा बसेका उनी अहिले काठमाण्डौ सचारग्राममा धर्नामा बसिरहेका छन् । उनी नेपाल प्रेस काउन्सलको मुल गेटमा कुटमा आफनो माग लेखेर बिहान १० देखी अपरान्ह ५ बजेसम्म धर्नामा बस्ने गर्छन ।

शान्तिबाटिकामा ब्यानर टाँगेर धर्नामा बस्दै आएका उनलाई प्रहरीले हटाएपछि काउन्सिल कार्यालयको मुख्य द्धारमा धर्नामा बस्न थालेका हुन । नेपाली शरणार्थी बनाउँन माग राखेर आफु धर्नामा बसेको भएपनि सरकारले व्यवास्ता गरेको उनको गुनासो छ ।