सार्क शिखर सम्मेलनका दिन काठमाडौ उपत्यकामा सार्वजनिक बिदा


काठमाडौ/
मन्त्रिपरिषद्को बैठकले आगामी मंसीर १० र ११ गते हुने सार्क शिखर सम्मेलनका दिन काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
डिसीनेपाल डटकम संवाददाता – सार्क शिखर सम्मेलनका लागि आउने विदेशी पाहुनाको सुरक्षा र सवारी साधन व्यवस्थापनका लागि २ दिन सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिए ।

सरकारले सार्क सम्मेलनको दिन २ दिन सार्वजनिक विदा, चार दिन स्कूल कलेज बन्द र पाँच दिनसम्म जोर विजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले आसन्न सार्क शिखर सम्मेलनको तयारी बारे राज्य व्यवस्था समितिमा जानकारी दिएका छन् ।

प्रधानमन्त्री सुशील कोइराला समेत उपस्थित रहेको सो बैठकमा गौतमले जानकारी दिदै एकीकृत सुरक्षा योजना अन्तर्गत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

‘सबैले आफ्नो जिम्मेवारी पूरा गरी कमीकमजोरी हुन नदिन सम्बन्धित सवै पक्षलाई आवश्यक निर्देशन दिएको छु’, गौतमले भने । नेपाल आर्मीको संयोजकत्वमा अन्य सुरक्षा निकाय आफ्नो जिम्मेवारी अनुसार खटिएका समेत उनले बताए ।

भिआइपिहरुको कारकेट व्यवस्थापन र अन्य सुरक्षा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने गृहमन्त्री गौतमले जानकारी दिए ।