फ्रान्सका राष्ट्रपतिले प्रथम बिश्व युद्धमा मरेका नेपाली सिपाहीहरुलाई सम्झिए


बसन्त रानाभाट
बार्सिलोना

पहिलो विश्व युद्धको समयमा उत्तरी फ्रान्समा मरेका सबै सिपाहीहरूको स्मृतिमा बनेको एक नयाँ स्मारकको उद्घाटनको क्रममा फ्रान्सका राष्ट्रपति फ्रान्सुवा होलान्देले नेपाली सिपाहीहरुको पनि सम्झना गरेका छन्। लडाईमा मरेका ५ लाख ७९ हजार ६ सय ६ सैनिकहरुको नामले कुदिएको स्मारकमा राष्ट्रपतिले मरेका सिपाहीहरुको सम्झना गर्ने क्रममा नेपाली सिपाहीहरुको पनि सम्झना गर्नु गौरबको बिषय बनेको छ।

लडाई भएको ठाउ नोत्र दाम द लोर्तेमा भएको सत बार्षिकी समारोहमा नेपाल,भारत क्यानाडा लगायत ४० देशका झण्डाहरु एक साथ फराइएको थियो। समारोहमा बिभिन्न देशमा मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।
सत बार्षिकी समारोहमा नेपालका तर्फबाट सहभागि फ्रान्स स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत राम बाबु ढकालले नेपालीहरुले प्रथम बिश्व युद्दमा गरेको योगदानको कदर गरि राष्ट्रपतिले प्रशंसा गर्नु नेपालका लागि गौरबको बिषय भएको बताएका छन्। उनले नेपाली नेपाली डटकमसँग कुरा गर्दै भने “नेपालीहरुको योगदानको कदर गर्दै दिएको सम्मान र मान्यताले हामी सबैलाई गौरवान्तित बनाएको छ।”
सैनिकहरुको नामले कुदिएको स्मारकको सुचिमा कति जति नेपाली सिपाहीहरुको नामावली छ भन्ने बिषय चाख लाग्दो बनेको छ। साथै १०० बर्ष पछि नाम अभिलेख हुदा उनका सन्ततिहरुले आफ्ना पुर्खाहरुको कसरी खोजि गर्लान् भन्ने अनुसन्धानको बिषय पनि बनेको छ। स्मारक राष्ट्रिय युद्ध चिहान नजिकै १६५ मिटर उचाइमा एक पहाडी क्षेत्रमा अबस्थित छ ।

2014-11-05T153230Z_243566936_PM1EAB5190D01_RTRMADP_3_WW1-CENTURY-FRANCE-MEMORIAL-2

यसैबीच राष्ट्रपति होलान्देले पेरिस स्थित बिजय स्मारकमा ( पेरिस गेट) भएको अर्को छुट्टै कार्यक्रमको पनि उद्घाटन गर्दै प्रथम बिश्व युद्दमा दिबंगत भएकाहरुको सम्झना गरेका छन्। कार्यक्रममा पेरिस स्थित कुटनीतिक नियोगका प्रमुखहरु,कुटनीतिक नियोगमा रहेका सैनिक प्रतिनिधिहरु लगायत सर्बसाधरणहरुको उपस्थिति रहेको थियो।

१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त द्विप समुह)मा चलेको लडाईंलाई प्रथम विश्वयुद्ध भनेर जानिन्छ । यी क्षेत्रहरुमा यो लडाईं जल, थल तथा आकाशमा लडिएको थियो। यस युद्धमा अभूतपूर्व धन जनको क्षति भएको थियो र नैं यस युद्धलाई विश्वयुद्ध भनिएको हो।
औद्योगिक क्रान्तिको कारण संसारका सबै ठूला देशहरुले आफ्नो उद्योगको निम्ति कच्चा पदार्थ प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरु बेच्नको निम्ति संसारका कमजोर देशहरुलाई उपनिवेश बनाउन चाहन्थे। यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक संधिहरु पनि गरे। यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य जस्तै भयो। ऑस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो।

यो घटना २८ जून, १९१४मा सेराजेवोमा भएको थियो । एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। रूस, फ्रान्स र ब्रिटेनले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्टमा जापान, ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एशिया अनि अफ्रीका तीन महाद्वीपहरुमा जल, थल तथा आकाशमा लडियो। शुरुमा जर्मनीले जित्यो र १९१७ मा जर्मनीले धेरै व्यापारिक जहाजहरुलाई डुबाइदियो। यसले गर्दा अमेरिका ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर रूसी क्रांतिको कारण रूस यस युद्धबाट हट्यो। तर फेरि सन् १९१८ मा ब्रिटेन, फ्रान्स र अमेरिकाले मिलेर जर्मनी आदि राष्ट्रहरुलाई पराजित गरेका थिए।

तस्बिर- पहिलो तस्बिरमा दायाँबाट (पहिलो) सत बार्षिकी समारोहमा नेपालका तर्फबाट सहभागि फ्रान्स स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत राम बाबु ढकाल