स्पेनमा दुताबासको घुम्ती टोलि आयो, करिब २२० जना लाभान्वित


बसन्त रानाभाट
बार्सिलोना
फ्रान्स स्थित नेपाली राजदुताबासबाट स्पेनको बार्सिलोनामा आएको घुम्ती टोलीले एमआरपी पासपोर्टको लागि फारम संकलन,बनेका पासपोर्ट बितरण,अस्थायी पासपोर्ट जारी गर्ने कार्य सम्पन्न गरेको छ। गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेनको पहलमा कार्यबाहक राजदुत राम बाबु ढकालको उपस्थितिमा नै फारम संकलन तथा पासपोर्ट बितरण गर्ने काम भएको हो।

स्पेनलाई समेत हेर्दै आएको दुताबासले बार्सिलोनाबाट एमआरपी पासपोर्टको लागि १३६ बटा फारम,४ बटा अस्थायी पासपोर्ट जारी र १४ बटा बनि सकेका नयाँ पासपोर्ट बितरण गरेको छ। साथै दुताबासको टोलीले राहदानी सम्बन्धि संशोधित निर्देशिका अनुसार नेपालबाट हस्तलिखित राहदानी लिई विदेश आएका र हाल नागरिकताको लागि उमेर पुगेर पनि नागरिकता प्रमाण पत्र प्राप्त नगरिसकेका ब्यक्तिहरुलाई २ बर्षको अबधि राखी नयाँ राहदानी जारी गर्ने ब्यबस्था भए बमोजिम स्पेनबाट पनि फारम संकलन गरेको छ। एमआरपी पासपोर्टको लागि नागरिकता अनिबार्य हुने तर नाबालक हुदै स्पेन आएका तर अहिले उमेर पुगेर पनि नागरिकता प्रमाण पत्र प्राप्त नगरिसकेका नेपालीहरुमा एमआरपी जारी गर्न समस्या देखिएको थियो। अहिले राहदानी सम्बन्धि निर्देशिकामा संशोधित भए पछि मात्र उनीहरुको हकमा २ बर्षे एमआरपी पासपोर्ट बन्ने बाटो खुलेको हो।

10805302_866234496744045_1927822641_n

दुताबासबाट आएको घुम्ती टोलीले आईतबार फारमहरु रुजु गर्नु भन्दा ३ दिन अगाबैबाट एनआरएन स्पेन,नेपाली जनसम्पर्क समिति,प्रबासी नेपाली मन्च,जनप्रगतिशील मन्च लगायत स्पेन स्थित संघ सस्थाहरुले टोलि बनाएर नै बार्सिलोनाका बिभिन्न ठाउहरुबाट फारमहरु संकलन गरि सघाएका थिए।
संघका अध्यक्ष एक राज गिरीले स्पेनमा प्रत्येक ६ महिनामा दुताबासबाट टोलि आउनु पर्नेमा नियमित रुपमा आएको र यसपाली करिब २२० जना लाभान्वित भएको नेपालीनेपाली डटकमलाई जानकारी दिए । उनले भने “कार्यको दौरानमा खटिने सम्पूर्ण संघ सस्थाहरु,कार्यबाहक राजदुत,कन्सुलर,पत्राकार लगायत सबैलाई धन्यबाद दिन चाहन्छु।”

यसैबीच कार्यबाहक राजदुत ढकाल र नेपाली समुदाय बीच अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरुले पासपोर्ट बन्न ढिलो हुने,पठाईएको फारम लामो समय सम्म रोकिने, दुताबासमा सम्पर्क गर्दा फोन नउठ्ने,कागजात हराउने,राहदानी गलत बनेर आउने लगायत पुनर्मिलनको लागि नेपालीहरुले दिल्लीमा भोग्नु पर्ने समस्याहरु राखेका थिए।

10805344_866236143410547_1800554044_n

कार्यक्रममा बोल्दै कार्यबाहक राजदुत ढकालले गैर कानुनी रुपमा चिनजानको आधारमा पदको दुरुपयोग नगर्ने तर प्रकिया पुर्याएका आएका समस्याहरुलाई राजदुताबासले सम्बोधन गरि रहेको बताएका छन्। उनले फारम भर्दा गलत भए त्रुटी पूर्ण पासपोर्टको जिम्मेबारी आवेदकले नै लिनु पर्ने हुदा सचेत रहन आग्रह गरेका छन्।

 

10807918_866236836743811_168875755_n-2