सहचालकको लापरवाहीले पोखरा सिमलचौरमा बस दुर्घटना


 

पोखरा/

सहचालकले अनियन्त्रित रुपमा बस चलाउँदा पोखराको सिमलचौरमा विजुलीको खम्बामा ठोक्किएको छ । बिहिबार साँझ जनप्रिय उच्च मावि नजिकै भएको दुर्घटनामा मानविय क्षति भएको छैन ।बसको अगाडिको भाग क्षतिग्रस्त भएको छ ।
प्रहरीका अनुसार पोखारादेखि स्याङजाको सुरुबारी रुटमा चल्ने ना ३ ख ७१४१ नम्बरको बसलाई सहचालक १७ वर्षिय सन्तोष परियारले मादक पदार्थ सेवन गरी हाक्दा अनियन्त्रित भएर तीन वटा विजुलीको खम्बा भाचेको छ भने सिर्जनाचोक नजिकैको चौतारी समेत भत्किएको छ ।

पोखराको पृथ्वीचोकस्थित बसपार्कमा पार्किङ गरेको बसलाई चालक र मालिकलाई थाहा नै नदिइ सहचालक परियारले चलाएका थिए ।सिर्जनाचोकमा पुगेपछि सहचालकले बसलाई नियन्त्रणमा राख्न नसक्दा चौतारीमा ठोक्कियो । चौतारमिा ठोक्एिर झन अनियन्त्रित बनेको बसले एकपछि अर्को गर्दै तीन वटा विजुलीको पोललाई ठक्कर दिएपछि बल्ल रोकियो । जनप्रिय उच्च मावि अगाडिको पोलमा ठोक्किएपछि बल्ल बस रोकिएको हो ।

बस अनियन्त्रित रुपमा सडकमा गुडेपछि स्थानीयबासी आतंकित भएका थिए ।विजुलीको पोलको केही भाग बसको अगाडि झुण्डिएको छ ।बिहिबार बसले भाँचेका खम्बा परिर्वतन गरेपछि शुक्रबार दिउँसो मात्र विद्युत आपूर्ति भएको थियो । चरम लापरवाही गरेर बस चलाएका सहचालक परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तस्वीर माधव बराल