पोखराको पहिलो सरकारी भवन आगोलागीले नस्ट


 

सागर राज तिमिल्सिना
पोखरा/पोखराको पहिलो सरकारी भवनमा आगो लागीले नस्ट भएको छ । पोखरा २ विन्ध्यवासीनिमा रहेको भवन आगो लागीले नस्ट भएको छ । विन्ध्यवासीनि मन्दिर तल रहेको पुरानो माल अड्का रुपमा पनि परिचित रहेको थियो । बुधबार दिऊसो ४ बजे तिर विद्युत सर्ट भै आगो लागी भएको कास्कीका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए ।

उनले पुरानो भवन भएकाले पुरातात्वीक महोत्वको भवन नस्ट भएको बताए । करिब १ सय ५० वर्ष पहिलेको भवन भएको सस्कृती विद् तिर्थ श्रेष्ठले जानकारी दिए । उनले आगोलागीले पुरातात्वीक महत्वको भवन नस्ट भएको बताए । विन्ध्यवासिनी परिसरस्थित पोखरेली युवा सांस्कृतिक परिवारको सचिवालय रहेको छ ।

तस्विर ः मनोज रेग्मी