चौथो मिस तमुस्यो नेपालको १ महिने प्रशिक्षण शुरु


 

पोखरा /मिस तमुस्योको शान मौलिक संस्कृतिको पहिचान भन्ने मुल नाराका साथ नेपाल तमु विद्यार्थी छाँेज धीं कास्कीले आयोजना गरेको चौथो मिस तमुस्यो नेपाल २०१४ को १ महिने प्रशिक्षण शनिबार देखि शुरु भएको छ ।
तमु जातिको भाषा, संस्कार संस्कृति जगेर्ना गर्ने उद्देश्यले मंसिर १३ गते फइनल हुन लागेको उक्त प्रतियोगीताको शनिबार प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै तमु ह्यंल छाँेज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय प्रचार सचिवले तमु जातिको संस्कार संस्कृति जगेर्ना गर्न यो प्रतियोगीताले महत्वपुर्ण भुमिका खेल्ने दावी गर्नुभयो । नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष तथा मिस तमुस्यो नेपाल २०१४ का संयोजक भुपाल तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमुस्यो ह्युल छोँज धीं गुरुङ महिला राष्ट्रिय परिषद कास्कीका जिल्ला सचिव विष्णु तमुस्योले मिस तमुस्यो प्रतियोगीताले युवातिको नेतृत्व, व्यक्तित्व विकासमा टेवा पुग्ने औल्याउनुभयो ।

यसैविच प्रशिक्षण कार्यक्रमको पहिलो दिन तमु प्ये ल्हुं संघ केन्द्रीय युवा समितिका महासचिव शुक्रराज तमुले तमु भाषा संम्बन्धि प्रशिक्षण गराउनुभएको थियो । एक महिना सम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा मिस तमुस्यो नेपाल २०११ का विजेता नमिता तमुस्योले कोरियोग्राफी गर्दै हुनुहुन्छ । नमिता यस अघि मिस नेपाल, मिस मंगोल, मिस इकलेज लगायतका प्रतियोगीतामा सहभागी भई विभिन्न उपाधि हात पारिसक्नुभएको छ ।

प्रतियोगीताको प्रशिक्षण कार्यक्रममा प्रतियोगीहरुलाई मानवअधिकार,ट्राफिक सचेतना, लागुऔषध, नेपालको शैक्षिक अवस्था, पत्रकारिताको वत्र्तमान अवस्था, नेतृत्व विकास र उद्घोषणकला, सौन्दर्यता र महिलाको समाजीक कार्यमा सहभागीता, लगायतका विषयमा प्रशिक्षण हुने आयोजकले जनाएको छ । मंसिर १३ गते पोखरा सभागृहमा फइनल हुने उक्त प्रतियोगीमा विजेताले उपाधि, पुरस्कार सहित हङकङ्ग यात्राको अवसार पाउने भएको छ ।