कास्कीमा पौडेल, थापा र भण्डारी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित


 

घनश्याम पाण्डेय /जिल्ला कृषि विकास कार्यलय कास्कीले विभिन्न कार्यक्रमको आयोजना गरेर आइतबार ३४ ओैं विश्व खाद्य दिवस मनाएको छ । दिवसको अबसरमा लेखनाथमा नेपालमै ठूलो ब्यबसायिक बंगुर फार्म संचालन गर्दै आउनु भएका छ्र्यामबहादुर थापा, कास्कीमा बढी गोलभेंडा उत्पादन गर्ने हेम्जाका कृषक चित्रनाथ पौडेल र कास्की भरतपोखरीका मौरीपालक किसान शिबराज भण्डारी राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

कास्कीमा पौडेल, थापा र भण्डारी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित
कास्कीमा पौडेल, थापा र भण्डारी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित
उहाँहरु लाई प्रमुख अतिथि क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया , प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र बरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले जनही दश÷दश हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गर्नुभएको हो । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार छनोट समिति कास्कीमा ४३ वटा निवदेन परेकोमा उहाँहर छनोट हुनु भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । अब क्षेत्रीय स्तरको प्रतिस्पर्धामा सहभागी हुने बताइएको छ । कृषि मन्त्रालयले यस बर्ष देखि राष्ट्रपति कृषक पुरस्कार प्रत्येक जिल्लामा तिन जना कृषक लाई प्रदान गरेको छ भने त्यस मध्येबाट क्षेत्रीय र राष्ट्रिय स्तरमा पनि सम्मान गरिने बताइएको छ ।

यस्तै जिल्लाका उत्कृष्ट किसानमा माछापालनतर्फ लेखनाथका ख्यामबहादुर भुजेल, च्याउखेतीतर्फ पोखरा १४ का सरस्वती कार्की, खाद्यान्नतर्फ भाचोककका रबिलाल गौतम, कफी खेतीतर्फ ढिकुरपोखरीका कलाधर भुगाई, सुन्तला खेतीतर्फ भरतपोखरीका यज्ञ अधिकारी, आलु खेतीतर्फ हेम्जाका राजेन्द्र कार्की, तरकारी खेतीतर्फ लाहाचोकका जगन्नाथ अधिकारी सम्मानित भएका छने । उनीहरुलाई सम्मानपत्र सहित जनही तीन÷तीन हजार दुईसय ,नगदद्धारा सम्मान गरिएको हो ।

निजि स्तर बाट कृषि बजार संचालन गरेको भन्दै श्रीकम्पलेक्स पोखराका संचालक झलकलाल श्रेष्ठ पनि सम्मानित हुनुभएको छ । यस्तै अर्गानिक खेतीतर्फ अग्रसर भएको भन्दै भदौरे तामागीमा रहेको पञ्चासे कृषक समूहबाट खिमकुमारी गुरुङ, मानध्वज गुरुङ, मञ्जु गुरुङ, विश्वास गुरुङ, गौलक्ष्मी गुरुङ, तारादेवी गुरुङ, साथी बायो फार्म रिभान र आर्वाका टेकनाथ बराल सम्मानित भएका छन् । सम्मान समारोह हुनु अगाडि जिल्ला कृषि विकास कार्यलय कास्कीको प्राङ्गणबाट निस्केको पञ्चेबाजा सहितको प्रभातफेरीमा कृषि झाकी समेत प्रस्तुत गरीएको थियो ।