नेपाली जनसम्पर्क समिति स्पेनको तेस्रो नियमित बैठक सम्पन्न


बार्सिलोना,
नेपाली जनसम्पर्क समिति स्पेनको पाचौ कार्यकालको तेस्रो नियमित बैठक बार्सिलोनामा सम्पन्न भएको छ । समितिका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न बैठकको संचालन महामन्त्री पदम दवाडीले गर्नु भएको थियो।

बैठकले ब्यापक रुपमा छलफल गर्दै कार्य समिति बिस्तार गरेको छ । कार्यसमितिको बैठकबाट सर्बसहमत रुपमा इन्द्र प्रसाद शर्मा अधिकारी , भरतराज न्यौपाने, राजु थापा, रोशन गुरुङ, सुबास बहादुर विस्ट तथा गंगादेवी गौतम (रन्जिता) लाइ समिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । बैठकबाट बेदराम कंडेल, नारायण प्रसाई, भिषाम कुमार गुरुङ (अनिल,) र बिनोद ढकाललाइ समितिको सल्लाहकार पदमा नियुक्ति गरेको छ।

समितिले स्पेनबासी नेपालीहरुका समस्याबारे अवगत गराउदै नेपाल सरकारको ध्यान आकर्षण गराउन नेपाल प्रजातान्त्रिक बिचार समाज केन्द्रीय अध्यक्ष तथा चिकित्सक संघका पुर्ब अध्यक्ष डा. केदारनरसिंह के सी सँग गरेको अन्तरक्रियाको आशय अनुसार पहल गरिदिनुहुन आग्रहका साथ समस्या पहिचान सहितको अनुरोध पत्र बुझाउने निर्णय गरिएको छ।
नेपाली जनसम्पर्क समिति स्पेनबाट पाप्त समाचार जस्ताको तस्तै