क्षयरोग निर्मुल पार्न बिश्व भर ६ बिलियन डलर छुट्टाउन अपिल,नेपालबाट ३० जना स्बास्थ्यकर्मी सम्मेलनमा सहभागी


बसन्त रानाभाट
बार्सिलोना
क्षयरोग र फोक्सो रोग बिरुद्दको अन्तरास्ट्रिय संघ (IUATL)को आयोजनामा फोक्सोको स्वास्थ्य सम्बन्धी ४५ औ विश्व सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै ३० जना स्बास्थ्यकर्मी,बिशेषज्ञ लगायत एनजीओ,आइएनजीओका प्रतिनिधिहरुले सहभागिता जनाएका छन्। क्षयरोगको अध्ययन,अनुसन्धान र उपचार विधि बारे अक्टोबर २८ देखि नोभेम्बर १ तारिक सम्म स्पेनको बार्सिलोनामा सम्पन्न सम्मेलनमा बिश्व भरका करिब तिन हजार स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।

सम्मेलनमा क्षयरोगलाई निर्मुल पार्न करिब ६ बिलियन डलर छुट्टाउन सम्मेलनले अपिल गरेको छ। राष्ट्रसंघ सम्बन्धित देश,ग्लोबल फण्ड लगायत बिभिन्न सस्थाहरु सँग यस्तो अपिल गरिएको सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिहरुले बताएका छन्। अझै पनि बिश्वका दुर्गम शहर र गाउगाउमा उपाचारको लागि कसरी जान सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको छ। बिश्वमा ड्रग रेसिटेन्सको (Drug Ressitance case) अवस्थामा पुगेका ८४ प्रतिशत क्षयरोगका बिरामीहरुले उपाचार पाउन नसकेको भन्दै प्रभावित देशमा आबश्यक बजेट बिनियोजन गर्न समेत अपिल गरेको छ। सम्मेलनमा भारतका स्वास्थ्य मन्त्रि हर्षबर्धन,दक्षिण अफ्रिकी स्वास्थ्य मन्त्रि,बेलायतका सांसद लगायत बिश्वभरका उच्च पदस्थ सरकारी अधिकारी स्वास्थ्यकर्मी,बिशेषज्ञहरुको सहभागिता रहेको थियो।

"45th Union World Conference on Lung Health, Barcelona, Spain."

नेपालबाट भने स्वास्थ्य मन्त्रालयका बिशेष सचिब बिमल प्रसाद ढकाल,स्वास्थ्य सेबा बिभागका महानिर्देशक डा सेनेन्द्र राज उप्रेती,रास्त्रिय क्षयरोग केन्द्रका निर्देशक डा बिकास लामिछाने,नेपाल चिकित्सक संघका पुर्ब अध्यक्ष डा केदारनर सिंह केसी,नाटाका(NATA) अध्यक्ष डा देबेन्द्र प्रधान,सार्क सेन्टर क्षयरोग केन्द्रका अध्यक्ष डा शरद बर्मा,हाड(HARD) नेपालका अध्यक्ष डा सुशील बराल,पच्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका जनरल फिजिसियन डा मुकुन्द आचार्य,राष्टिय क्षयरोग केन्द्रका छातीरोग बिशेषज्ञ डा मोहोन प्रसाई, जिल्ला अस्पताल पर्वतका प्रमुख नारायण ओझा लगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।
क्षयरोग नियन्त्रणको लागि उपाचार पद्दतिमा बजेटको अभाव,आबश्यक जनशक्तिको अभाव, दुर्गम क्षेत्र,खुल्ला सिमाना,आदि कारणले नेपालमा पनि असर पुर्याएको छ। कुल जनसंख्याको करिब १ प्रतिशत रोगबाट पिडित भए पनि तुलानात्मक रुपमा उपचार पद्दति अघि बढिरहेको सम्मेलनमा सहभागीहरु बताउछन्। एक सहभागी नेपाल चिकित्सक संघका पुर्ब अध्यक्ष डा केदारनर सिंह केसी भन्छन् ,”हामीले बिश्वका बिभिन्न मुलकमा क्षयरोगको सर्भे भईसकेका साथीहरुको अनुभब सुन्न पायौ जसले हाम्रो मुलुकमा पनि यसलाई सफलता पुर्बक गर्न सक्ने हौसला प्रदान गरेको छ,यसलाई हामी सरकार सँग परामर्श गरि लागु गर्ने कोशिस गर्ने छौ।”

"45th Union World Conference on Lung Health, Barcelona, Spain."
प्राय:बिदेशमा सम्मेलन,सेमिनार हुदा योग्य भन्दा भनसुनको आधारमा सहभागी बढी हुन्छन् अहिलेको सम्मेलनमा के छ भनी सोधिएको प्रश्नमा, मन्त्रालय र मातहातका कर्मचारीहरु स्वास्थ्य मन्त्रालयको स्वीकृतिबाट र अन्य एनजीओ,आइएनजीओका योग्य प्रतिनिधिहरु नै आएकोले सम्मेलन पूर्ण रुपमा सफल र उपलब्धि मुलक भएको डा केसी बताउछन्।