बार्सिलोनामा नेपाली नेपाली भिड्दै, सबैको लक्ष्य पोष्ट भित्रै गोल हान्ने


बार्सिलोना
गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेनले बार्सिलोना बासि नेपालीहरुलाई मैदानमा भिडाउने तयारी गरि रहेको छ। तर संघले बल पुर्बकको लडाई नभई फुटबल खेलमा भिडाउने भएकोले सबैको लक्ष्य पोष्ट भित्रै गोल छिराउने नै हुने छ । फुटबल खेलमा सिप भएका देखि सहभागिता लागि मात्र खेल्ने खेलाडीहरु पनि रहेकोले प्रतियोगिता रोचक हुने अनुमान छ। संघले फुटबल प्रतियोताको सम्पूर्ण तयारी पुरा गरेको जानकारी समेत दिएको छ।

गत बर्ष देखि शुरु गरिएको प्रतियोगितालाई खेल मार्फत पनि आपसी सम्बन्ध प्रगाढ पार्ने भन्दै यस बर्ष पनि निरन्तरता दिएको संघले जनाएको छ।
फुटबल हेर्दै हुर्केका नेपाली बालबालिकाहरुलाई पनि उनीहरुको प्रतिभाको सम्मान गर्दै पहिलो चरणको प्रतियोगीतामा समाबेश गरिने भएको छ । पहिलो चरणको प्रतियोगितामा १४ बर्ष मुनिका खेलाडीहरु बीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली बालबालिकाहरु पनि पछिल्लो क्रममा स्थानीय फुटबल क्लबहरुमा आवद्द भई फुटबल खेल्ने क्रम बढी रहेको बेला प्रतियोगितामा समाबेश भई खेल्न पाउने भएपछि बालबालिकाहरु पनि उत्साहित बनेका छन्। अर्को तर्फ दोस्रो चरणको प्रतियोगिता खुल्ला रहने छ ,अर्थात उमेरको कुनै रोकतोक रहने छैन। आ- आफ्नो संघ सस्थाको प्रतिनिधित्ब गर्दै प्रतियोगितामा समाबेश गर्ने गर्छन्। गत बर्ष ७ समुहले सहभागिता रहेको थियो भने यस बर्ष सहभागिता झन् बढ्ने अनुमान गरिएको छ।

संघका कोषाध्यक्ष एबम तयारी समितिका संयोजक हेमन्त रानाभाटले प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जनाएका छन्। उनले नेपाली नेपाली डटकम सँग कुरा गर्दै भने हामी यस बर्ष राम्रो प्रतिभा भएका खेलाडीहरुको खेल क्षमतालाई खिचेर एन्फालाई भिडियो पठाउछौ,ताकि प्रतिभावान खेलाडीको उचित स्थान हुन सकोस् । साथै भिडीयोलाई नेपाल स्थित टेलिभिजनहरुमा पठाउने पनि उनले जानकारी दिए।

यस बर्ष बिजेतालाई ३०१ युरो र उपविजेतालाई १५१ युरो नगदका साथमा ट्रफी र प्रमाणपत्र पनि रहेको संघले जनाएको छ।
नोभेम्बर २ तारिक आईतबार बार्सिलोनामा हुने प्रतियोगिताको खुल्ला तर्फको समुह दर्ता शुल्क ९० युरो राखिएको छ।