पोखरामा गहना लुटेर दुई फरार


पोखरा/

पोखराको इन्द्र पुरीटोलमा हिड्दै गरेकी एक महिलाको सिक्रि लुटेका छन् । बुधबार दिऊसो बाटोमा हिड्दै गरेकी ७८ वर्षिया विष्णु गुरुङको सिक्रि लुटेका हुन् । बाटोमा हिड्दै गर्दा मोटर साइकलामा आएका दुई जनाले सिक्रि चुडालेर भागेको कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए ।

उनले लुटपाटमा संलग्न हुनेको खोजी कार्य भैरहेको बताए । मोटरसाइकलमा पछाडी बसेकाले गुरुङको घाटीबाट सिक्रि चुडाले मोटरसाइकलमा भागेका थिए । उनले मोटरसाइकलामा आई गरगहना लुटपाट हुन सक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरे ।