कास्कीका निजी शैक्षिक सङ्घसंस्थामा संयुक्त अनुगमन


कास्की/

जिल्ला शिक्षा कार्यालय कास्कीले करिब दुई महिना अगाडि प्राइभेट बोर्डिङ स्कुललाई लक्षित गरी जारी गरेको ५१ बुँदे स्वेतपत्रअनुसार नेपाल शिक्षक युनियन, नेपाल शिक्षक सङ्घ, नेपाल शिक्षक स·ठन, अखिल नेपाल शिक्षक सङ्घ, प्याब्सन, एन–प्याब्सन, संस्थागत विद्यालयका शिक्षकहरूको स·ठन इज्टु र प्याब्सुलगायतका शैक्षिक सङ्घसंस्थाको सहयोगमा संयुक्त अनुगमन गरेको छ।

कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यको नेतृत्वमा तीन दिनसम्म गरिएको पहिलो चरणको अनुगमनमा परेका कोचिङ सेन्टर, होस्टेल, ट्युसन सेन्टर मन्टेश्वरी गरी १८ वटा शैक्षिक सङ्घसंस्थामध्ये केही अनुमति नलिई सञ्चालन भएका, नियमितरूपमा नचलेका, प्रक्रिया पु¥याएर नचलेका, अनियमित ढ·ले चलेका, भौतिक पूर्वाधार पूरा नगरेको अनुगमनमा भेटिएको र तिनीहरूलाई सुधार गर्न समय दिइएको जिशिअ आचार्यले जानकारी दिए।

संयुक्त अनुगमन टोलीले कात्तिक १०, ११ र १३ गते क्रिस्टल एकेडेमी, ह्याप्पी बोर्डिङ स्कुल, भिजन इन्टरनेशनल, रिड इन्टरनेशनल बोर्डिङ स्कुल रामबजार, सनराइज होस्टल विरौटा, एम टु एम होस्टल, शुभकामना होस्टल, इजी ट्युसन सेन्टर, माछापुच्छ«े एजुकेशन होस्टल, सनराइज होस्टल रामबजार, रिड इन्टरनेशन बेर्डिङ स्कुल रामबजार, प्राइम होस्टल, बिएमआई ट्युसन सेन्टर, युरिका एजुकेशन, गाइडलाइन होस्टल, इजी होस्टल जिरोकिमी, नमुना होस्टल र अलब्राइट एकेडेमी रहेका छन्। अनुगमनपछि केहीले सुधार गरेको पाइएको भन्दै जिशिअ आचार्यले अनुगमनका क्रममा अनियमित ढ·ले चलेका शैक्षिक सङ्घसंस्थालाई सुरुमा पत्र काटेर समय दिने र त्यसपछि पनि सुधार नगरे त्यस्तालाई बन्द गर्ने चेतावनी दिए।