गैरआबासीय नेपाली संघ फुजेरा क्षेत्रीय समन्वय समिति गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


मनु क्षेत्री
फुजेरा
गैर आबासीय नेपाली संघ फुजेरा क्षेत्रीय समिति गठन तथा अन्तरक्रिया कार्यक्रम ३१ अक्टूबर २०१४ को दिन सम्पंन भएको छ, युएईको केंद्र अबुधाबी र दुबईबाट निकै टाढा रहेको फुजेरा युइएको बिकट ठाउँ मानिन्छ सानु ठाउँ हुँदा हुदै पनि यहाँ कार्यरत नेपालीहरु संगठित हुन नसकिरहेको अबस्थामा नबगठित कार्य समितिले पुराना समिति भन्दा फरक र शसक्त रूपमा काम गर्ने आसा राखेको कुरा भेलामा उपस्थित ब्यक्तिहरु बाट सुनिन्थ्यो।
गैर आबासीय नेपाली संघ फुजेरा समन्वय समितिका कार्यबाहक अधक्ष्य कृष्णा गिरिको अध्यक्षतामा भएको कार्यक्रममा गैरआबासीय नेपाली संघ मध्य पूर्ब संयोजक चन्द्र रोकाको प्रमुख अतिथि रहनु भयको थियो भने बिशिस्ट अतिथितिमा गैर आबासीय नेपाली संघ यूएई राष्ट्रीय समन्वय समितिका उपाध्क्ष्य सुदीप कार्की रहनु भयको थियो।
फुजेरा क्षेत्रमा कार्यरत नेपाली हरुको बाक्लो जमघट बिच सुरु भयको उक्त कार्यक्रममा मन्तब्य राखने क्रममा अंतरास्ट्रीय कलाकार समाज फुजेरा क्षेत्रीय समितिका अधक्ष्य बिष्णु प्रसाद अधिकारीले फुजेरा क्षेत्रमा रहेका समस्या बिशेस गरी एमआरपी पासपोर्ट को लागि दुतबासले उपेक्ष्य गरेको भन्दै एनआरएन केंद्रीय समिति मार्फ़त पहल गरेरै भए पनि फुजेरामा एमआरपीको लागि केहि पटक राजदुताबासको टोली बोलाइदिनु हुन आग्रह गर्नु भएको थियो यदि यही अबस्था रहेमा फुजेराका धेरै नेपाली ले एमआरपी बनाउन नसक्ने भन्दै यसलाई गंभीर रूप माँ उठाउने समेत उहाले बताउनु भयो।

युएई नेपाली एकता समाजका केंद्रीय सदस्य शिबलाल जैसीले पनि फुजेरा बिकट र राजदुताबास जान आउन मात्रै एकमहीनाको तलब सकिने भन्दै सबै संघ सस्थाको पहलमा भए पनि फुजैरको समस्यालाई दुताबास समक्ष राखेर सहयोग गर्नु पर्ने बताउनु भयको थियो, कार्यक्रममा बोल्दै सुदीप कार्कीले एनआरएन यूएई केंद्रीय समितिले सकेको सबै सहयोग फुजेरामा गर्ने भन्दै आफ्नु तर्फ हुने सबै पहल समेत गर्ने बताउदै नया कार्यसमिति मार्फ़त फुजेराका सबै नेपाली हरुलाई एकताबद्ध गरेर अगाडि बड़न आग्रह गर्नु भयो भने प्रमुख अतिथि चन्द्र रोकाले मन्तब्य राख्दै एनआरएन भनेको बिशुद्ध समाज सेब गर्ने सस्था भएको भन्दै एनआरएन को बारेमा ब्रिस्तृत जाकारी गराउनु भएको थियो र एनआरएन मा आबद्ध हुन समेत आग्रह गर्नु भयो, साथै फुजेरा जस्तो बिकट ठाउँको लागि आफुले दुताबासमा सधै आवाज उठाउँदै आएको र आगामी दिनमा पनि आफूबाट सबै खालको सहयोग मिल्ने भन्दै सर्ब प्रथम आफ्नु समस्या आफुले अगाडि बडाउनु आग्रह गर्नु भयो एमआरपी पास्पोर्टको समस्याका बारेमा पनि फुजेराको लागि दुताबास बाट बिशेस पहल गर्न लगाउने बिस्वास दिलाउनु भयो, तेस्तै आफ्नु मन्तब्य राखने क्रममा स्याङजा सहयोग समाज का केंद्रीय सदस्य बलराम मरसैनी तथा जनप्रगतिशील मंच दुबई क्षेत्रीय समितिका सचिब संकल्प चन्दले संघ सस्था जाती भय पनि सबैको उदेश्य भनेको सामाजिक कार्य रहेको हुँदा समाज सेवाको मर्म अनुरूप संगठित र सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयो, कार्यक्रममा मगर संघ युएईको तर्फ बाट मेख बहादुर थापाले पनि आफ्नु मन्तब्य राख्नु भएको थियो।

10799460_4676454806351_1665383939_n
कार्यक्रममा बिशिस्ट अतिथिले नब गठित समिति पदाधिकारीहरुको नाम पढेर सुनाउनु भएको थियो भने प्रमुख अतिथिले खादा ओडायर सम्मान तथा बधाई ज्ञापन गर्नु भएको थियो, औपचारिक कार्यक्रमको समापन गर्ने क्रममा कार्यक्रमका सभापति तथा नबगठित समितिका अधक्ष्य कृष्ण गिरीले एनआरएन सबैको साझा सस्था भएको र प्रदेशमा अभिभाबकको जस्तो भूमिका खेल्दै आएको भन्दै सबैलाई एनआरएनमा आबद्ध हुन आग्रह गर्नु भयो साथै नबगठित समिति लाइ चुस्त दुरुस्त र शसक्त रुपमा अगाडी बदाउदै फुजेराका समस्या संगठित रूपमा सम्बंधित ठाउँमा सम्म पुर्याउन केंद्र संग समन्वय गरेर अगाडि बढ़ने बताउनु भयो! भने कार्यक्रमको औपचारिक समाप्ति पश्चात कार्यक्रमका अतिथि तथा लोक गायक हरी डुम्रे सांगीतिक प्रस्तुतिले कार्यक्रम झनै रोचक रा रमाइलो बनाएको थियो भने अधिकांश ब्यक्ति हरु झूमी झूमी नाचेर मनोरंजन लिएका थिए, १७ सदस्यीयकार्य समिति तथा ७ जाना सलाहाकार रहेको छ। अध्यक्षमा कृष्ण गिरी,उपाध्क्ष्य शिबलाल जैसी ,सचिब मनु क्षेत्री ,सह-सचिब ,बीर बहादुर चौधरी ,कोषा-अधक्ष्य बिरेन्द्र कुमार खडका र सह-कोषाअध्क्षयमा कृष्ण भट्ट रहेनु भएका छन्। यस्तै सदस्यहरुमा पदम गाउँले, बिष्णु धानुक, रामशरण अधिकारी, कृष्णा कुमारी अधिकारी, ओम कुमारी बयाम्बु, मेख बहादुर थापा, शेर बहादुर सुनार, रिता श्रेष्ठ, फडिन्द्र आले, कर्ण बहादुर सिंह मगर , तेसै गरि बरिष्ठ सल्लाहाकारमा बिष्णु प्रसाद अधिकारी, शंकर न्यौपाने, सलाहाकारमा हिमाल थापा मगर, नेत्र सुनुवार, लीला चापागाईं, काशीनाथ भात, मया तमांग,सागर लुईटेल रहनु भएको छ उक्त कार्यक्रमको सञ्चालन मनु क्षेत्रीले गर्नु भएको थियो।