बेल्जियममा सेभेन ए साईट फूटबल प्रतियोगिता सम्पन्न


बिष्णु सापकोटा

बेल्जियम /चहलपहल नेपाली यूवा समूह बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन शहरमा अवस्थित हेबरली स्टडीयममा सेभेन ए साईट यूरोप स्तरीय एक दिवसीय फूटबल प्रतियोगिता सम्पन्न भएको छ ।

पन्ध्र टिमले सहभागिता जनाएको प्रतियगिताको उदघाटन नेपाली दूताबास बेल्जियमका राजदूत राममणि पोख्रेलले गरेका थिए ।
प्रतियोगितामा बेल्जियम लगाएत लक्जम्वर, नेदरल्याण्ड, जर्मनी मध्ये टीम एनबि जुनिएर, एनएफसी यूनियन, एफसी एभरेष्ट ह्वाईट, एनवाईएफसी लक्जम्वर, नेपाली ड्रीम टीम, एनबीवाईसी, एभरेष्ट ब्लु, अन्नपूर्ण ब्रसेल्स, ट्रिनिटी, चहलपहल जुनियर्स, टीम आन्त्रोपेन, जीएनएफसी जर्मनी, एनएफसी पाण्डव, पोख्रेली ब्वाईज, चहलपहल एफसी गरि कुल पन्ध्र प्रतियोगीहरुले खेलमा सहभागिता जनाएका थिए ।

3_converted (2)

यूरोपका विभिन्न देशबाट आएका प्रतियोगीलाई शुभकामना दिदै राजदूत पोख्रेलले नेपाली भाषा संस्कृति र आफ्नो पहिचानका लगि एकताबद्ध भई नेपाल र नेपाली लाई चिनाउने काममा खेल पनि एक माध्यम रहेको भन्दै शुभकामना ब्यक्त गरे । यसैगरी चहलपहल यूवा समूहका संयोजक प्रकाश केसीले सहभागी टीम लगायत सम्पूर्ण सहयोगदाता हरुलाई बिशेष धन्यबाद दिदै आफ्नो संस्थाले बेल्जियममा नेपाल र नेपाली भाषा, सस्कृति लाई जगेर्ना गर्न युवाहरुका माझ विभिन्न कार्यक्रम हरु गर्दै आएको र फूटबल प्रतियोगिताले पनि सबै नेपाली यूवाहरुलाई एकताबद्ध गर्न सकिने बताए

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय क्रमशः जीएनएफसी जर्मनी, चहलपहल एफसी, नेदरल्याण्ड भएका थिए भने प्रथम पुरस्कार ट्राफी नगद यूरो ८०० सहित मेडल, द्वितीय पुरस्कार नगद यूरो ५०० सहित मेडल र तृतीय पुरस्कार मेडल सहित नगद यूरो तीन सय प्राप्त गरेका थिए । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी नेदरल्याण्डका दीपकले टप स्कोररको रुपमा मेडल सहित ट्रफी प्राप्त गरेका थिए ।

4_converted (2)

प्रतियोगिता लाई सफल बनाउनका लागी विभिन्न महानुभाव हरुले आर्थिक तथा अन्य सहयोग गरेका थिए । चहलपहल यूवा समुह बेल्जियमले आफ्नो स्थापनाकालदेखि नै बेल्जियम लगायत यूरोपका नेपाली यूवाहरुको माझ नेपाल र नेपाली लाई चिनाउने विभिन्न नेपाली भाषा,संस्कृति कार्यक्रम लगायत चहलपहल अनलाईन रेडियो समेत संचालन गर्दै आएको छ ।
2_converted (2)