लोपउन्मुख किङकोभ्रा सर्प पोखरामा भेटियो, सर्पले टोक्दा एक घाइते, मानिसहरुको भागदैड


 

सागर राज तिमिल्सिना
पोखरा/लोप हुदै गएको सर्पमा पर्ने किङकोभ्रा सर्प पोखराको शान्तिनगरमा भेटिएको छ । पोखरा ७ शान्तिनगर चोकबाट केहि भित्र रहेको खाली जग्गामा अन्य दुई सर्पसगँ लड्दै गरेको बेला भेटिएको हो । नियन्त्रणमा लिने क्रममा एक जनालाई सर्पले टोकेको छ । उदयपुर जिल्ला कटारी घर भै पोखरा ५ शान्ति नगर बस्दै आएका सरोज कार्कीलाई टोकेको हो । उनको पश्चिमाञ्ल क्षेत्रिय अस्पताल पोखरामा उपचार भैरहेको छ ।

दिऊसो ५ बजे तिर देखिको सर्पलाई करिब दुई घण्टा पछि नियन्त्रण लिएको थियो । किङकोभ्राले दुईवटा सर्प सगँ लड्ने क्रममा एउटालाई मारेको स्थानीय मुक्ति बरालले  जानकारी दिए । मानिसहरुले देखे पछि लुक्नका लागी घनश्याम पौडेलको घर बनाउनका लागी सामाग्री राख्दै आएको कच्ची घरमा परेका थियो ।

जिल्ला वन कार्यालयबाट आएको टोली र अन्य स्थानीयको सहयोगमा किङकोभ्रा सर्पलाई समातेका थिए । किङकोभ्रा सर्प आएको थाहा हेर्नका लागी मानिसहरुको भागदैड नै चलेको थियो । वडा प्रहरी कार्यालय बैदामबाट गएको टोलीलाई भिड नियन्त्रणमा लिन हम्मे हम्मे भएको थियो । वन कार्यालयबाट आएका कर्मचारीले किङकोभ्रा सर्प भएको बताउदै त्यसलाई वनमा लगेर छाड्ने बताए ।