अन्तर्राष्टिय सम्मेलनमा भाग लिन १० जना पोखरेली युवा बंगलादेश जाँदै


पोखरा/

बंगलादेशको ढाकामा सम्पन्न हुन गइरहेको अन्तर्राष्टिय आजिविका सम्मेलन (इन्टरनेशनल करियर समिट) मा नेपालको प्रतिनिधित्व पोखराका १० जना युवाहरुले गर्ने भएका छन् । नेपालको तर्फबाट १५ जनाले सहभागिता जनाउनेमा १० जना पोखराको पर्न सफल भएको युथ भोलेन्टियर फर चेञ्जका अध्यक्ष सुवास मल्लले जानकारी दिए ।
कार्तिक १४, १५ र १६ गते ढाकामा सम्पन्न हुने उक्त सम्मेलनमा युवाहरुको रोजगारी, उद्यमशिलता र शिप विकास लगायतका विविध विषयवस्तुहरुमा छलफल हुने बताइएको छ । सम्मेलनमा नेपाल लगायत ३० वटा देशहरुले सहभागिता जनाउने छन् । बंगलादेशको युनाइटेड इन्टरनेशनल युनिभर्सिटी र न्यूजिल्याण्डको कार्यक्षेत्र शिप विकास प्रतिष्ठान (डब्लुएसडिए) को संयुक्त आयोजनामा सम्मेलन सम्पन्न हुने मानवअधिकार शिक्षा क्लब (रिलेक) का केन्द्रीय उपाध्यक्ष सन्तोष अधिकारीले बताए ।

सम्मेलनमा पोखराबाट मल्ल र अधिकारीसँगै टेक्निकल भोलेन्टियर्सका अध्यक्ष बाबुराम नेपाली, सुजन पौडेल, हरि लम्साल, सुजन लामिछाने, दुर्गा पौडेल, विमल न्यौपाने, ईश्वर गुरुङ्ग र प्रकाश तिमिल्सेनाले भाग लिने छन् । सहभागीहरु विभिन्न सामाजिक तथा युवा संघ संस्थाहरुबाट सहभागिता जनाउने उक्त सम्मेलनमा सहभागिताको व्यवस्थापन पोखराको महेन्द्रपुलस्थित गुरुचेला, द करियर प्वाइन्टले गरेको छ ।