ओली र नेपाल नआएपछि तीन दलको बैठक स्थगीत


काठमाडौं/ एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपाल अनुपस्थित भएपछि आज बस्ने भनिएको तीन दलको बैठक बस्न सकेन । पूर्व निर्धारित कार्यक्रम अनुसार बिहान ९ बजेबाट संसद सचिवालयमा बस्नुपर्ने बैठकमा एमालेका अग्नि खरेल मात्र पुगेका थिए भने ओली र नेपाल जाँदै गएनन् ।

स्रोतका अनुसार नेपाललाई बैठक स्थलबाट एक नेताले फोन गरेर सोध्दा नेपालेले भने ‘ओहो, मैले त भुसुक्कै बिर्सेछु अहिले घरमै घाम तापिरहेको छु ।’ उता अध्यक्ष ओली भने चेकअपका लागी हस्पिटलतिर दौडेकाृ स्रोतले जानकारी दिएको छ ।
बैठकका लागी कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला बैठक स्थल पुगेका थिए भने एमाओवादीका प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बैठक स्थल पुगेका थिए । एमालेका मुख्य नेताको अनुपस्थिति पछि बैठक नबस्ने निष्कर्षसहित बाहीरीएका कांग्रेस नेता रामचन्द्र पौडेलले भने ‘उहा“हरुको स्वास्थ्य ठिक भएन, त्यसैले आज बैठक बस्न सकिएन ।’