आजदेखि नेपाल सम्वत् ११३५ सुरु


काठमाडौं / नेपाल सम्वत् ११३५  नेपालभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस सम्वत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
सामान्य ब्यापारी शङ्खधर साख्वाःले ईसं ८८० मा काठमाडौं उपत्यकाका गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए ।
नेपाल संवतले ८८८ सम्म राष्ट्रिय सम्वतको मान्यता पाई आधिकारिकता पाएको थियो । तर विसं १९६० देखि भने नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिन छोडिएको थियो ।
राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चल्दै आएको छ ।
नेपाल सम्वतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५५ सालमा सरकारले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
-0nlinekhabar