एनआरएनए स्पेनको नियमित बैठकले गरेका निर्णयहरु (जस्ताको तस्तै)


नेपालीनेपाली डटकमलाई एनआरएनए स्पेनका प्रबक्ता सन्तोष श्रेष्ठले पठाएको नियमित बैठकको निर्णय सम्बन्धि जानकारी जस्ताको तस्तै :-
गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद स्पेनको नियमित बैठक मिती २०१४/१०/२० मा बार्सिलोनामा सम्पन्न भएको छ। सस्थाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकमा,आइ सी सी सदस्य दिपक खरेल, कार्यसमितीका पदाधिकारीहरु तथा सम्पूर्ण सस्थाका अध्यक्षहरु ,एनआरएन स्पेनको पदेन सदस्यको भुमिकामा उपस्थित भई बिभिन्न बिषयमा छलफल गरी निम्न अनुसारको निर्णयहरु गरेको छ।
निर्णयहरु :-
१) नेपाली जन-सम्पर्क समिती स्पेनका नब निर्बाचित अध्यक्ष शालिकराम डुम्रे तथा चितवन समाज स्पेनका नबनिर्बाचित अध्यक्ष प्रकाश तिमिल्सिना ज्युलाई पूर्ण कार्यकालको कामना गर्दै बधाई ज्ञापन गरेको छ भने सस्थाका पदेन सदस्यको रुपमा रहनुभएका निबर्तमान जन-सम्पर्क समितिका अध्यक्ष चिन्तामणी सापकोटा तथा चितवन समाजका निबर्तमान अध्यक्ष बिनोद ढकाल ज्युलाई हाल सम्म सस्थाको पदेन सदस्यमा रही सहयोग गर्नु भएकोमा धन्यबाद ज्ञापन गरेको छ।

२) नेवारी समाज स्पेनद्वारा आयोजित अक्टोबर २४ का दिन हुने म्ह पुजा तथा नेपाल सम्बत कार्येक्रममा र नेपाल कलाकार समाज स्पेनको अक्टोबर २६ का दिन हुने सास्कृतिक कार्येक्रममा उपस्थित भई सहयोग जनाउने निर्णय गरियो।

३)एनआरएन स्पेनको नेतृत्वमा आइसीसी सल्लाहकार, आइसीसी सदस्य सहित स्पेनमा रहेका सम्पूर्ण संघ सस्थाहरु नेपाली जन-सम्पर्क समती, प्रबासी नेपाली मन्च, जनप्रगतिशिल मन्च (एमाओबादी),जनप्रगतिशिल मन्च , (ड्यास माओबादी) लगाएत अन्य सबै संघ सस्थाहरुको प्रतिनिधित्व गराएर समसामयिक समस्याहरुमा बिषयगत छलफल गरी २०१५ को शुरुवातमा नै नेपाल सरकार सँग डेलिगेशन जाने निर्णय गरियो।
४)EICA को आयोजनामा नोभेम्बर १९,२० र २१ मा हुन लागेको कार्येक्रममा संयुक्त रुपमा कार्येक्रम गरि नेपाल बिशेष कार्येक्रम गर्ने निर्णय गरियो सो कार्येक्रमको व्यापक रुपमा सफल पार्नको लागि सास्कृतिक व्यस्थापनको लागि सस्थाका प्रबक्ता सन्तोष श्रेष्ठको संयोजकत्वमा समिती विस्तार गरि तयारी गर्ने निर्णय गरिएको छ भने खानपिन ब्यबस्थापनमा कार्यसमिति सदस्य  नारायणी तिमिल्सेनाको संयोजकत्वमा समिति विस्तार गरि कार्यक्रमलाई ब्यापक रुपमा अगाडी बढाउने निर्णय गरियो।
५)२०१३ मे ७ मा निर्णय गरिएको अनिल गुरुङ ज्युको संयोजकत्वमा गठित स्व: ओम गुरुङ सहयोग सम्बन्धमा हालसम्म सस्थामा कुनै पनि जानकारी नआएकोले समतिका संयोजक तथा समितिका सदस्यज्यूहरु समक्ष सहयोग कार्येक्रम बिषयमा अबिलम्ब जानकारी लिने निर्णय गरियो।

६) नेपाली जनसम्पर्क समिति स्पेनको आयोजनामा भएको बि पी कप भलिबल प्रतियोगितामा सहभागी हुनु भएका सबै खेलाडीहरु प्रति आभारी हुदै धन्यबाद दिने निर्णय गरियो।
७ )एन आर एन स्पेनको आयोजनामा अगस्ट ८ गते सम्पन्न दशैँ तिहार बिशेष सास्कृतिक कार्यक्रममा सस्थाको मूल उदेश्यलाई टेवा पुराउदै कार्यक्रम व्यापक रुपमा सफल पार्न बिशेष सहयोग गर्नु हुने कार्येक्रम सम्योजक सन्तोष श्रेष्ट तथा तयारी समितिका सदस्यहरु हेमन्त रानाभाट,शितल भुर्तेल भुषाल,प्रकाश भट्टराई ,रमेश आशिक पौडेल ज्युलाइ तथा टिका ब्यबस्थापनमा सहयोग गर्नु हुने प्रेम कुमारी भुसाल ,खानपिनमा सहायक भूमिका गरि सहयोग गर्नु हुने रोशन गुरुङ, नारायणी तिमिल्सेना,रिता देबी शर्मा .गंगा कुमारी शर्मा. रिमा पौडेल ढकाल र जमुना सापकोटा साथै सास्कृतिक कार्येक्रममा बिशेष सहयोग गर्नु हुने अजय लोप्चन तथा भरत न्यौपाने ज्यु लगायत सम्पुर्ण कलाकार ,भैली कलाकार सबैलाई सस्थाले बिसेष धन्यबाद प्रस्ताब पारित गरेको छ। निशुल्क रुपमा गरिएको कार्येक्रममा आर्थिक रुपमा सहयोग गर्नु हुने सस्थाका सबै शुभचिन्तक हरुलाई समेत धन्यबाद ज्ञापन गरेको छ।

८) सस्थाका कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिबेदनमा क्षेत्रीय सम्मेलन बाहेकको आम्दानी खर्च बिबरंणंमा आम्दानी तर्फ ५५७९.०० युरो छ तथा खर्च तर्फ ४१३२.१३ भएको प्रतिबेदनमा छलफल पस्चात प्रतिबेदन अनुमोदन गरेको छ भने क्षेत्रीय सम्मेलनको छुट्टै आर्थिक प्रतिबेदन पेश गर्नु भएकोमा नेपालमा एनआरएनले निर्माण गर्न लागेको शंखमुलपार्क निर्माणको लागि १५७५.००युरो तथा एन सी सी स्पेनको राहत कोष को लागि जम्मा १२००.०० युरो एन आर एन ए भबन निर्माणको लागि ६०१२.०० युरो बापतको खर्च समेत अनुमोदन गरेको छ।

९) गैर आवासीय नेपाली सँग स्पेनको अनुशासन समितिको प्रतिबेदनमा छलफल गरी उठाईएको प्रसंगमा निरज कुमार पोख्रेलद्वारा उपलब्ध गराइएको कागजपत्र सस्थाको बैठकमा नै प्राप्त भएकोले प्रतिबेदनलाई यथास्तथितीमा राखी अनुशासन समितीमा उपलब्ध कागजपत्रहरमा आबश्यक छानबिन प्रकियाहरू पुरा गरि आजको मितिले १५ दिन भित्रमा पुन प्रतिबेदन पेश गर्न निर्देशानुर निर्णय गरियो !
सन्तोष श्रेष्ठ
प्रबक्ता
गैर आवासीय नेपाली संघ स्पेन