सार्वजनिक स्वास्थ्य सुधार आफ्नो प्राथमिकता – मन्त्री अधिकारी


 

पोखरा /स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले सार्वजनिक स्वास्थ्य सुधार आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । सुशासनका लागि नागरिक समाज कास्कीले पोखरामा गरेको अन्तरक्रियामा मन्त्री अधिकारीले स्वास्थ्य सुधार गर्न सुर्तिजन्य पदार्थ विक्री वितरणमा सन्देशमुलक चित्र राख्ने कार्यको अनुगमन प्रभावकारी वनाईने वताए ।
उनले दुई हप्ता भित्रमा औषधि परामर्श समितिको सहकार्यमा औषधिको मुल्यसूचि तोकि औषधिमा भएको अनियमिता रोक्ने सरकारको तयारी रहेको मन्त्री अधिकारीले जानकारी दिए । उनले अझैपनि विपन्न तथा गरिव समुदायको तहसम्म सरकारी स्वास्थ्य सेवा मात्रै पुगेकाले नीजि स्वास्थ्य सेवा पनि सेवामुलक वन्नुपर्नेमा जोड दिए ।
कुनैपनि नीजि अस्पतालका चिकित्सकहरुले मनपरी शुल्क लिएको पाईए कडा कारवाही गरिने पनि मन्त्री अधिकारीले प्रतिवद्धता जनाए ।

उनले ल्याव परिक्षणका विभिन्न शीर्षकको पनि शुल्क तोकिन्छ, र स्वास्थ्य सेवा प्रवाह चुस्त राख्न कुनै कसर वाँकी नराख्नेमा जोडदिए । अन्तरक्रिया कार्यक्रममा नागरिकहरुले सरकारी स्वास्थ्य सेवा कमजोर रहेको तथा नीजि स्वास्थ्य सेवामा मनपरी भएका कारण नागरिक मर्कामा परेको गुनासो गरेका थिए । सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त क्षेत्रीय स्वास्थ्य निर्देशक वालकृष्ण भुषाल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मे.सु डा. श्रीकृष्ण श्रेष्ठ, र जनस्वास्थ्य निरिक्षक केशव चापागाईले कास्कीको स्वास्थ्य सेवा प्रवाह सुधारका लागि लाग्ने प्रतिवद्धता जनाएका थिए ।