उत्कृष्ट गोलका साथ मेस्सीले मनाए १० औं वर्षगाँठ


काठमाडौं / लिओनल मेस्सीले उत्कृष्ट गोलका साथ बार्सिलोनाबाट डेब्यू गरेको १० औं वर्षगाँठको खुसी मनाएका छन् ।
स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोनाले ऐबरलाई ३–० गोल अन्तरले पराजित गरेको छ, जसमा एक गोल मेस्सीले गरे ।
घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोना पहिलो हाफमा भने गोलरहित बराबरीमा रोकिएको थियो ।
६० औं मिनेटमा जाभीले गोल गरे । ७२ औं मिनेटमा नेयमारले गोल गरे ।

खेलको ७४ औं मिनेटमा मेस्सीले गोल गरे । गोलसँगै मेस्सी अर्को कीर्तिमान नजिक पुगेका छन् । यो उनको ला लिगामा २५० औं गोल हो र अब सर्वाधिक गोलकर्ता बन्न मात्र दुई गोलले पछि छन् ।
सन् १९४० र १९५० को दशकमा एथ्लेटिको विल्बाओका टेल्मो जाराले ला लिगामा २ सय ५१ गोल गरेका थिए ।
अब अर्को साता हुने चिरप्रतिद्वन्द्वी रियल मड्रिडविरुद्धको इएल क्लासिको भिडन्तमा गोल गरे मेस्सीले जाराको कीर्तिमान भेट्टाउने छन् भने दुई गोलले नयाँ कीर्तिमान बन्नेछ ।

अक्टोबर २६ मा हुने इएल क्लासिको भिडन्तमा बार्सिलोनाका स्वरेजले डेब्यू गर्नेछन् । यो खेलले ला लिगाको उपाधि होडलाई समेत निर्धारण गर्नेछ ।
बार्सिलोना विजयी भएमा प्रष्ट ७ अंकको अग्रता लिनेछ । हारले भने रियल मड्रिड मात्र १ अंकले पछि रहनेछ र उपाधि होडमा आउनेछ ।-onlinekhabar