पोखरा विमानस्थल निर्माणको काम एक वर्षमा शुरु हुन्छ-अर्थमन्त्री महत


 

गिता राना मगर

पोखरा/अर्थमन्त्री रामशरण महतले पोखरा क्षेत्रिय विमानस्थल निर्माण हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको । एक वर्षभित्रमा अहिलेको सरकारलेनै पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य शुरु गर्ने उहांको भनाइ रहेको थियो । पोखरा उद्योग वाणिज्य संघले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै अर्थमन्त्री महतले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा यो सरकार प्रतिवद्ध भएर लागेको वताउनुभएको हो ।

कानुन सम्बन्धी प्रकृयामा केही ढिलाइ भइरहेको स्वभाविक रहेको वताउदै अर्थमन्त्रालयकै कारण विमानस्थल निर्माण कार्य नरोकिने यसवारेमा दुस्प्रचार भइरहेको वताउनुभयो । विमानस्थल निर्माण जस्तो बिकासको काममा अर्थमन्त्रालयले कुनैपनि हालतमा रोक्ने ठाउनै छैन प्रकृयाहरु केही नमिलेकाले ढिलाइ भइरहेको हो प्रकृया मिल्नासाथ विमानस्थल निर्माण शुरु हुन्छ । विकास निर्माणका काममा सम्पूर्ण मन्त्रालयको स्वीकृति हुनुपर्ने भएकाले केही मन्त्रालयहरुमा प्रकृयागत ढिलाइ हुनु स्वभाविक रहेको उहांको भनाइ रहेको थियो । सात वर्षअघि आफु अर्थमन्त्री हुदा देखिनै पोखरामा क्षेत्रिय विमानस्थल निर्माण गर्नुपर्छ भन्ने ब्याक्ति आफुनै भएको वताउदै महतले मैलेनै शुरु गरेको काम अर्थमन्त्रालयबाट कुनैपनि हालतमा रोकिदैन ।

विमानस्थल निर्माण प्रकृया महंगो भएको र त्यसले पनि केही समस्या निम्त्याएको वताउदै अर्थमन्त्री महतले चिनसरकारको सहयोग बिना पनि देशकै आन्तरिक बजेटबाट पनि विमानस्थल निर्माण कार्य थालनी गर्न सरकार तयार रहेकोमा पोखरेलीलाई ढुक्क हुन उहांले आग्रह गर्नुभयो । पोखरेलीहरुले जस्तोसुकै आन्दोलन गरेपनि नगरेपनि यो सरकार विकास निर्माणमा दृढसंकल्प सहित लागी परेकाले पोखरा विमानस्थल निर्माणमा कुनैपनि शंका उपशंका नगर्न उहांको आग्रह रहेको थियो ।