एनआरएन युकेको विवाद मिलाउन बिषेश समिति गठन , कँडेल र क्षेत्रीलाई कुनै पनि गतिविधी नगर्न निर्देशन,


काठमाण्डौं /गैरआवासीय नेपाली सँघ युकेको विवाद अन्त्य गर्ने उदेश्यले गैरआवासीय नेपाली सँघ अन्तर्राष्ट्रिय परिषदले अधिकार सम्पन्न बिषेश समिति गठन गरेको छ । गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेको अध्यक्षतामा शनिवार बसेको पदाधिकारी बैठकले सो समिति गठन गरेको गैरआवासीय नेपाली सँघ अन्तर्राष्ट्रिय परिषदका सल्लाहाकार दिल बहादुर गुरुगंले जनाए ।

समितिमा गैरआवासीय नेपाली सँघका सल्लाहाकार कुल चन्द्र गौतम, डा अम्बीका अधिकारी र कानून ब्यवसायी लोकभक्त राणा छन । सो समितिलाई १ महिना भित्र एनआरएन युकेको विवाद अन्त्य गर्ने उपाए सहितको प्रतिवेदन तयार गरि गैरआवासीय नेपाली सँघलाई प्रतिवेदन पेश गर्न भनिएको छ ।

साथै बैठकले गैरआवासीय नेपाली युकेको अध्यक्ष पदमा दावी गरिरहेका महेन्द्र कँडेल र योगेन बहादुर क्षेत्रीलाई समितिको प्रतिवेदन नआए सम्म कुनै पनि गतिविधी नगर्न निर्देशन दिने निर्णय गरेको छ ।- nepalbritain