रोनाल्डोको दुई गोल सँगै रियल मड्रिडको जित,सात खेलमा १५ गोल


काठमाडौं /स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्टेलाई पराजित गरेको छ ।
च्याम्पियन्स लिगमा लिभरपुलसँगको खेल अघि लेभान्टेविरुद्ध ५–० को जित हात पारेको हो । उसको जितमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डाले दुई गोल गरेका छन् ।
१३ औं मिनेटमा पेनाल्टी गोलमार्फत उनले टोलीलाई अग्रता दिलाए । ३८ औं मिनेटमा हर्नान्डेजले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिड २–० को अग्रता लिन सफल भयो ।
दोस्रो हाफको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेका छन् । ला लिगामा रोनाल्डोको यो १५ औं गोल हो ।

खेलको ६६ औं मिनेटमा जेम्स रोड्रिग्वेज र ८२ औं मिनेटमा इश्कोले गोल गर्दै रियल मड्रिडलाई ५–० को जित दिलाए । -onlinekhabar