कास्कीको हेम्जामा बाढिले विद्यालयमा क्षति, विद्यार्थी विरामी पर्न थाले


 

सागर राज तिमिल्सिना
पोखरा/कास्कीको हेम्जा ६ सुइखेतमा रहेको अम्बिका माध्यमिक विद्ययालयका विद्यार्थी ढुक्कले पढ्न आउन सकेका छैनन् । असोज ३ गते राती आएको खहरे खोलाको बाढीका कारण विद्यालयमा बाढी आए पछि विद्यार्थीहरु विद्यालय आउन नसकेका हुन् । राती आएको बाढीका कारण विद्यालय माथीको सानो बस्ती सगँ विद्यालयमा बाढी पसेको थियो ।

कास्कीको हेम्जामा बाढिले विद्यालयमा क्षति, विद्यार्थी विरामी पर्न थाले
दशै पछि विद्यालयमा सबै विद्यार्थी नआएको विद्यायलका प्रधानाध्यापक हरिकुमार श्रेष्ठले जानकारी दिए । उनले विद्यालयमा २ सय ५० जना विद्यार्थी रहेकोमा अहिले मुस्कीले १ सय जना विद्यार्थी आउने गरेको बताए । बाढीका कारण विद्यालयका तल्लो तलाका कोठाहरुमा ढुगां माटो सहितको लेदोले कक्षा कोठा ३ फिट सम्म परेको थियो भने विद्यालयको खेल मैनाद ढुंगा माटोले पुरेको छ । बाढिका कारण दशै अगाडी ४ दिन स्कुल बन्द भएको बताउदै प्रअ श्रेष्ठले दशै विदामा कक्षा कोठा भित्रको लेदो झिकेको बताए ।

कक्षा कोठामा भएको धुलो र बाहिरको हिलोका कारण कतिपय शिक्षक र विद्यार्थी समेत विरामी परेको बताए । बाढिका कारण ५० जोडी बेन्च र टेबुलमा क्षति भए पछि विद्यार्थीहरुलाई बसेर पढ्ने समेत अफ्टेरो परेको छ । कक्षा कोठाको लेदौ र विद्यालय पछाडीको माटो फाल्न करिब १ लाख बढि खर्च भैसकेको प्रअ श्रेष्ठले बताए ।

उनले बाढीले करिब ३५ लाखको क्षेति पु¥याएको बताउदै सगँ पैसा नभएको गुनासो गरे । २०२४ सालमा स्थापना भएको विद्ययालयमा अहिले बालविकास देखि १० कक्षासम्म पढाई हुने गरेको छ । बाढिले स्थानीय तारापति अधिकारी र चन्द्रकान्त अधिकारीको घरमा क्षती पुगे पछि विस्तापित भएका छन् भने अन्य ५ घरमा पनि सामान्य क्षती भएको छ ।