पोखरामा एलजी गुप्रको सदस्य भन्दै अपहरण र पैसा माग्ने प्रहरीको फन्दामा


 

पोखरा/पोखरामा एलजीको सदस्य हु भन्दै धम्क्यार पैसा माग्ने र अपहरणको धम्की दिने एक जनालाई जिल्ला प्रहरी कार्यालयका कास्कीले प्रक्राउ गरेको छ । धादिङ जिल्लाको नलाङ् गाबिस वडा नं ३ घर भई हाल पोखरा ९ शान्तीबन बस्ने बाबुराम दर्जिलाई प्रहरीले पक्राउ गरेको हो।

बाटोमा फेला पारेको सिम ९८०४१२७६३६० प्रयोग गरी एलजि ग्रुपको सदस्य हुं भनी दर्जिले फोन तथा यसयमयस पैसा माग्दै आएको बनादै प्रहरीले रकम नदिएमा अपहरण तथा हत्या गर्छु भनी पटक पटक फोन तथा यसयमयस गरेको प्रहरीले जानकारी दिएको छ । दर्जिले बिभिन्न स्थानहरुमा रकम लिई आउनु भनी बोलाई चलाखी गरेमा अपहरण गर्ने धम्की दिएको कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए ।

दर्जिले कास्कीको थुम्की गाबिस वडा नं ७ घर भई हाल पोखरा १२ अम्मरसिंहचोक बस्ने मिन बहादुर गुरुङ सगँ १ लाख र पोखरा ४ सिद्वार्थचोक बस्ने सुनचांदी ब्यवसायी गणेश सुनार सगँ १ लाख रुपैया मागेका थिए । उनले रकम नदिएमा अपहरण गर्ने र हत्या समेत गर्ने धम्की दिएको प्रहरीले जानकारी दिएको छ ।