कण्डम दिवस पोखरामा पनि विविध कार्यक्रम गरेर मनाईयो


सन्देश श्रेष्ठ
पोखरा, २७ असोज
राष्ट्रिय कण्डम दिवसको अवसरमा पोखरामा पनि शनिबार सचेतनामूलक ¥यालि तथा कोणसभा गरिएको छ । जिल्ला एड्स समन्वय समिति र पश्चिम क्षेत्र एच.आई.भी.एड्स सञ्जालको संयुक्त आयोजनामा भएको ¥याली मानवअधिकारचोक चिप्लेढुङ्गाबाट शुरु भई भीमसेनचोक, नयाँबजार, पृथ्वीचोक हुँदै पुरानो वसपार्क अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा मेरी प्रजनन् स्वास्थ्य सेवा कास्की, गोरेटो नेपाल, कम्यूनिटी सपोर्ट ग्रुप, नेपाल रेडक्रस सोसाईटी, सामुदायिक प्रहरी जिल्ला समन्वय समिति, नौलो घुम्ती, वाल तथा महिला शसक्तिकरण समाज, नमूना एकीकृत विकास परिषद, सिद्धार्थ क्लव, नौलो विहानी लगायतका संघसंस्थाहरुको संस्थागत सहभागिता रहेको थियो । सहभागिहरुले कण्डमको प्रयोग गरौं, यौनरोग भगाऔं, एड्सबाट बच्न कण्डमको प्रयोग गरौं, दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढऔं लगायतका नारा लेखिएका ब्यानर तथा पम्प्लेट बोकेका थिए ।

“दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं” भन्ने नाराका साथ भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका बरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारी, पश्चिम क्षेत्र एच.आई.भी. र एड्स सञ्जालका अध्यक्ष रामप्रसाद ज्ञवाली, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य अधिकृत बोधराज सुवेदी, सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल रेडक्रस सोसाईटीका सदस्य एव्म गोरेटो नेपालकी लक्ष्मी रानाभाट लगायतले कण्डमको महत्व, यसको प्रयोग, कण्डम दिवसको सार्थकता लगायतका बारेमा बोल्नुभएको थियो ।

उक्त अवसरमा नौलो घुम्ती र वाल तथा महिला शसक्तिकरण समाजले संयुक्त रुपमा पुरानो वसपार्कमा सूचना डेस्क राखेका थिए । उक्त सूचना डेस्कबाट दिनभरी नै कण्डम वितरण गर्नुका साथै कण्डमको महत्व, यसको प्रयोग, यौनरोग, एच.आई.भी., एड्स लगायतका बारेमा जानकारी दिईएको नौलो घुम्ती नेपालका परियोजना संयोजक रामशरण सेंढाईले रेडियो अन्नपूर्णलाई जानकारी दिनुभयो ।

त्यस्तै, नेपाल रेडक्रस सोसाईटी हेम्जा उपशाखाले पनि हिजो हेम्जाको मिलनचोकमा सूचना डेस्क राखेर कण्डम वितरण गर्नुका साथै एड्सको महत्व र यौनरोग, एच.आई.भी. तथा एड्सको बारेमा जानकारी गराएको थियो ।