बार्सिलोनाका नेपालीहरुले अनलाइन सुपरमार्केट खोले


बसन्त रानाभाट
बार्सिलोना
नेपाली समुदायको बाक्लो बसाई रहेको बार्सिलोनामा नेपालीहरुकै पहलमा पहिलो पटक अनलाईन सुपरमार्केटको प्रराम्भ भएको छ। नयाँ प्रविधिको बिकास सँगै घरमा नै बसेर सामान खरिद गर्न सकिने गरि यसको थालनी गरिएको हो।

बरातोमोबिलेस डटकमको(www.baratomobiles.com) नाममा शुरु गरिएको यो प्रविधिबाट इलोक्टोनिक्स सामानहरु मोबाईल,आइपियाड,ट्यापलेट,साथै मोबाईलका लागि आबश्यक सामग्रीहरु पनि घरमा नै बसेर खरिद गर्न सकिने ब्यबस्था गरिएको छ। बार्सिलोना निबासी राजेन्द्र कडेल,सुरज मैनाली र रन्जन वस्तीको सामुहिक प्रयासबाट अनलाईन सुपरमार्केटको शुरु भएको हो।

संचालक सदस्य कडेलले नेपालीनेपाली डटकम सँग कुरा गर्दै भने, “स्पेनमा नेपाली समुदायको बसोबास बढ्दै गएको छ यसलाई नै मध्य नजर गर्दै हामीले नयाँ प्रविधिको विकासलाई बार्सिलोनाको नेपाली समुदाय माझ प्रयोग गर्न खोजेका हौ, आफुलाई आबश्यक सामान खरिद गर्न सक्नु हुन्छ हामी घरमा नै सामान लिएर समयमा नै आइपुग्ने छौ। ” कडेलका अनुसार कुनै पनि बैक कार्ड,पेपल बाट पनि सामान खरिद गर्न सकिने छ भने केहि समय पछि सबै किसिमका ईलोक्निटोक्स सामान राखिने र नेपाली समुदायको आकर्षण बन्न सफल भएका भविष्यमा नेपाली सामानहरु पनि उपलब्ध गराउने योजना रहेको छ।

वेभसाईटमा अहिले स्पेनिस भाषा प्रयोग गर्दै आफ्नो कार्य शुरु गरिसकेको बताउदै केहि समयमा नै मुख्य रुपमा प्रयोग गरिने सबै भाषालाई वेभसाइटमा राखिने संचालकहरुले बताएका छन्।