व्रिगेड अफ गोर्खाको गल्फ उपाधि मेजर आलेमगर र क्या.गुरुङलाई


पोखरा/
हिमालय गल्फ कोर्स मझेरीपाटमा आइतबार सम्पन्न भएको यस वर्षको व्रिगेड अफ गोर्खाको गल्फ उपाधि मेजर कृष्णकुमार आलेमगर र क्या. लालबहादुर गुरुङले हात पारेका छन ।

नेट डिभिजनमा मेजर कृष्णकुमार आलेमगरले ६९ अंक हासिल गरि प्रथम, ७४ अंक प्राप्त गरि इन्स्पेक्टर जिवन राम गुरुङ द्धितिय, क्या.मिनजंग गुरुङले ७६ अंक प्राप्त गरि तेस्रो र मेजर विजय मोक्तानले ७७ अंक प्राप्त गरि चौथो हुनुभएको छ ।

यस्तै क्रस डिभिजनमा ८५ अंक प्राप्त गरि क्या. लाल बहादुर गुरुङ प्रथम, ९० अंक प्राप्त गरि मेजर डोल बहादुर गुरुङ द्धितिय, ज्ञानकाजी गुरुङले समानान्तर अंक प्राप्त गरि तेस्रो र मेजर लक्ष्मीप्रसाद गुरुङले समानान्तर अंक प्राप्त गरि चौथो हुनभएको छ ।

सान्त्वना पुरस्कारमा क्या. डोल बहादुर गुरुङ्ग क्या.हेम थापा र अनुशासित खेलाडीमा क्या. हिक्मत गुरुङ्गले पुरस्कार जित्नु भयो । स्ट्रोक प्लेको आधारमा खेलाईएको गल्फ प्रतियोगितामा काठमाडौं र पोखराका २२ गल्फरहरुले भाग लिएका थिए ।

विजेता गल्फरहरुलाई मेजर गोपाल गुरुङ, मेजर मनिलाल राई र क्या. डोल बहादुर गुरुङले सयुंक्तरुपमा पुरुस्कार वितरण गरेको प्रतियोगिताका संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनभयो ।