एमाओवादीको प्रस्ताव १० प्रदेश

काठमाडौँ/
एमाओवादीले यसअघिको संविधानसभामा प्रस्तावित १० प्रदेश वा प्रदेशको नाम प्रदेशसभालाई दिने गरी सहमति खोजिनुपर्ने प्रस्ताव राखेको र शासकीय स्वरूप र सङ्घीयताका स्वरूपमा काँग्रेस र एमालेको मत धेरै नजिक रहेको उहाँले जानकारी दिनुभयो।

आजको बैठकको बीच बीचमा काँग्रेस र एमाले, काँग्रेस र एमाओवादी, एमाले र माओवादीको छुट्टाछुट्टै द्विपक्षीय छलफल भएको थियो । दलहरूबीच सोमबार अपराह्न १ बजे उच्चस्तरीय राजनीतिक समिति र २ बजे प्रमुख तीन दलको बैठक बस्ने सहमति भएको छ।

बैठकमा काँगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, कानुन न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री महेश आचार्य, एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतम, प्रमुख सचेतक अग्नि खरेल तथा एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता डा भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता खिमलाल देवकोटाको सहभागिता थियो। रासस