तमू प्ये ल्हु संघले रजत महोत्सव मनाउने


 

देवीजंग तमु,

पोखरा / वि.स. २०४७ साल कार्तिक ०३ गते तमूहरुको मौलिक प्ये ताँ ल्हु ताँ संरक्षण र वोन धर्मको प्रचारप्रसार गर्ने उद्धेश्यले स्थापित संघले यहि कार्तिक २, ३ र ४ गते गरी तीन दिनसम्मा रजत संघको रजत महोत्सव मनाउन लागेको आइतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । महोत्सवको औपचारिक उद्घाटन भने कार्तिक ३ गते सिंचाईमन्त्री एनपी साउदले गर्नुहुने भएको महोत्सव मुल आयोजंक समितिका संयोजक एवम् तमू प्ये ल्हु संघ केन्दिय समितिका अध्यक्ष क्याप्टेन रुप वहादुर गरब्ज तमूले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा वोल्दै संयोजक तमूले संघ २४ वर्ष पुरा गरी २५ वर्षमा प्रवेश गर्नु तमू समूदायभित्र आफैमा ऐतिहासिक भएको वताउदै स्थापनाकालदेखि संघले लिएका उद्धेश्यहरु हासिल गर्नका लागि संघ सदैव लागिरहने वताउनुभयो । उहाँले रजत महोत्सव कार्यक्रममा देशभित्रका शाखाहरु तथा विदेशमा रहेका शाखाहरुको सहभागिता हुनुको साथै मौलिक प्ये ताँ ल्हु ताँ वोनवादीहरुको वाक्लो उपस्थिति रहने दावी गर्नुभयो ।

महासचिव पोम वहादुर क्रोम्छै तमूले संघको रजत महोत्सव अन्तर्गत कार्तिक २ गते तमू प्ये ल्हु संघ युके शाखाको सहयोगमा वृहत मोटरसाइकल र्‍याली गरीने र उक्त र्‍यालीले सम्पूर्णलाई महोत्सवमा सहभागिका लागि जानकारी गराउने वताउनुभयो । साथै उक्त र्‍यालीमा सहभागिका लागि सम्पूर्ण प्राकृतिक वोनवादीहरुलाई आग्रह गर्नुभयो । यस्तै उहाँका अनुसार कार्तिक ०३ गते महोत्सवको औपचारिक उद्घाटन सिंचाईमन्त्री एनपी साउदले गर्नुहुने भएको छ । उद्घाटन अघि विहान १० बजे साँस्कृतिक झाँकीसहितको र्‍याली पोखरा सभागृहबाट सुरु भई नयाँसडक, विपिचोक, महेन्दपुल, रानीपौवा हुदै संघको कार्यालय फलिना क्होइपो परिसरमा आई उद्घाटन सत्रमा परिणत हुनेछ । उक्त साँस्कृति झाँकीसहितको र्‍यालीमा सहभागि समुहहरुमध्येबाट उत्कृष्ट छनौट गरी प्रथम हुने समुहलाई नगद ९ हजार, द्धितिय हुनेलाई ७ हजार, तृतियलाई ५ हजार र सान्त्वाना हुने समुहलाई नगद ३ हजारसहित प्रमाणपत्रले पुरस्कृत गरीने महासचिव तमुले जानकारी दिनुभयो ।

1410120910600648_10153380291466029_6342432466160316397_n

महोत्सवको अन्तिम दिन कार्तिक ४ गते पुरस्कार वितरण एवम् सम्मान कार्यक्रमसंगै समापन गरीने भएको छ । संघले संस्थापक अध्यक्ष जंग वहादुर ल्हेगेँ तमू, भोवर पाल्चे तमू, विभा लई तमू, यारजंग क्रोम्छै तमू, ओमप्रसाद क्रोम्छै तमू, वालासिं क्रोम्छै तमू, क्याप्टेन भूवनसिं च्हाक्ली तमू र लेफ्नेण्ट गौप्रसाद क्रोम्छै तमू लगायतलाई समेत सम्मान गरीने संघले जनाएको छ ।

तीनदिनसम्मा हुने उक्त महोत्सव अवधिभर केन्दिय आमा समूह, केन्दिय युवा समिति र अन्य विभिन्न समूहहरुको विविध साँस्कृतिक प्रस्तुतिका साथै संस्थापकहरु एवम् परम् संरक्षकहरुलाई समेत सम्मान गरीने भएको छ । संघले रजत महोत्सवको अवसर पारी संघको २५ वर्षे इतिहासका वारे विभिन्न व्यक्तिहरुद्धारा लिखित लेखहरुलाई समेटि तयार पारिएको रजत महोत्सव स्मारिका समेत विमोचन गरीने भएको छ ।

स्थापनाको २५ वर्षे अवधिमा संघले देशका विभिन्न जिल्लाहरुमा रहेका खेकीहरुलाई भेटि प्ये छ्या संकलन गर्ने, युवाहरुलाई खेकी प्रशिक्षण, विभिन्न ठाउँहरुमा अन्तरक्रिया एवम् प्रशिक्षण कार्यक्रम गर्दै आइरहेको छ । साथै संघकै पहलमा तमूहरुको प्राचिन पूख्र्यौली थलो क्होला सोथर पत्ता लगाई वेलायतको क्याम्व्रिज विश्वविद्यालयको आर्थिक सहयोग र नेपाल पुरातत्व विभागको प्रतिनिधिहरुको सहभागितामा उत्खनन् कार्य गरी पुरात्वातिक महत्वका वस्तुहरु फेला पारी पुरातत्व विभागमा सुरक्षित राखेको छ । साथै प्ये ल्हु संघकै सहकार्यमा विदेशी मानवशास्त्रीहरु क्रिष्टोफर इमान, डा जुडी पेट्रिग्रीड जस्ता व्यक्तिहरुले क्होलासम्वन्धी पुस्तक लेख्नुभएको छ ।

संघले नेपालमा कास्की, स्याङ्जा, रुपन्देही, नवलपरासी, चितवन, मोरङ, ताप्लेजुङ, तनहुँ, लमजुङ, पर्वत, काठमण्डौँ लगायतका जिल्लाहरुमा शाखा विस्तार गरीसकेको छ भने विदेशमा भारतको वनारस, दुवई, कतार, इजरायल, युके, अमेरिका, हङकङ, कुवेत लगायतका देशहरुसमेत शाखा विस्तार गरीसकेको छ ।

1410120910734046_10153380291691029_3973944802537535750_n

रजत महोत्सव मुल आयोजक समितिका संयोजक एवम् तमू प्ये ल्हु संघ केन्दिय समितिका अध्यक्ष क्याप्टेन रुप वहादुर गरब्ज तमूको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघका केन्दिय कञ्चन ल्हेगेँ तमूले स्वागत मन्तव्य र केन्दिय सदस्य वुद्धि च्हमु्र तमूले कार्यक्रम संचालन गर्नुभएको थियो ।